सर्वसाधारणका लागि क्वारेन्टाइन स्थापना पछि मेडिकल कीट लिनजादा दुर्घटनामा परेका सफल युवा वडाअध्यक्ष मल्लको अवस्थामा सुधार

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १४:२२


खजुरा गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष सुमन मल्लले आफ्नो वडामा क्वारेन्टाइन स्थापना पछि त्यसको लागी चाहिने मेडिकल उपकरण ( इन्फा थर्मोमिटर , सेनिटाइजर र मास्क) लिन धनगढी पुगेका बेला उनी सवार कार कैलालीको अत्तरियामा दुर्घटना भएको र त्यस लगत्तै उनलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज नर्सिङ होममा उपचार पछि उनको स्वास्थमा सुधार आएको छ ।

आफ्नो वडा र गाउँको लागी सदैव काममा खटिने अध्यक्ष मल्ल जिल्लामा सहयोगी स्वभाव भएकै कारण सबैका प्यारो समेत छन् ।

खजुरामा मात्रै नभएर सिङ्गो बाँके जिल्लामै सफल युवा जनप्रतिनिधिको रुपमा परिचय बनाएका मल्ल मंगलबार दिनभर वडा नम्बर एकको मैटहवा माबिमा निर्माण गरिएको क्वारेन्टाइन निर्माण स्थलमा खटिएका थिए ।

उनी संग क्वारेन्टाइन निर्माणका क्रममा खटिएका तथा अनुगमनमा रहेका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुले त्यसदिनको तस्वीर सामाजिक संजालमा शेयर गरेका छन् ।

राधापुर स्वास्थ्य चौकीका इन्चार्ज तथा नवनिर्मित राधापुर क्वारेन्टाइनका स्वास्थ्यकर्मी तर्फका इन्चार्ज दिपक ढकालका अनुसार क्वारेन्टाइनलाई आवश्यक पर्ने प्रोटेक्सन इक्विपमेन्ट नेपालगन्जमा महँगो मुल्य तिर्दा समेत नपाइए पछि आफुले वडा अध्यक्ष मल्ल संग जसरी भएपनी त्यसको जोहो गरिदिन भने पछि इन्फा थर्मोमिटर , सेनिटाइजर कैलालीमा पाइने भन्ने जानकारी पाएपछी त्यता तर्फ लागेको बताएका छन् ।

कैलालीबाट सेनिटाइजर , फिबर गन ( इन्फा थर्मोमिटर) र मास्क उपलब्ध गराउन सक्ने भन्दै अध्यक्ष मल्ललाई कैलाली बोलाएका कैलाली गोदावरी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीका अनुसार आफुले भारतबाट मगाएको फिबर गन दिन र सेनिटाइजर दिनकै लागि आफुले अध्यक्ष मल्ललाई बोलाएको बताएका छन् ।

‘ फिबर गन र सेनिटाइजर भारतबाट मगाएको थियो भने मास्क आफैले निर्माण गरेका थियौ त्यही दिनका लागि नै आफुले मल्ललाई आउन भनेको थिए ,- गोदाबरी नगरपालिका १० अध्यक्ष शाहिले बताए ।

त्यस्तै नागरिक समाजका सहकर्मी समेत मंगलबार दिनभर वडा नम्बर एक खजुरा र खजुरा गाउँपालिकामा कोरोना भाइरस बिरुद्धको तयारीको रिपोर्टिङ गर्दै आएका खगेन्द्र दाहलका अनुसार वडा अध्यक्ष मल्लले फोन सम्पर्क गरेर आफुहरु मेडिकल कीट लिन कैलाली जान लागेको जानकारी दिएको बताएका छन् ।

साधारण अवस्थामा समेत गाउँबासी र वडाबासिको सेवामा जुट्ने मल्ल कोरोनाको भयावह संक्रमणको खबर पछि उनकै पहलमा खजुरा गाउँपालिका वडा नम्बर एक स्थित पर्ने मैटहवा माबिमा क्वारेन्टाइन निर्माण गर्न गाउँपालिकामा लबिङ गर्दै आएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्