भारतमा कोरोनाका कारण एकैदिन ८ जनाको निधन

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १०:३५


काठमाडौ, चैत १४ – विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको निधन भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१ हजार ३११ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा एक लाख १४ हजार ६४२ जना उपचारपछि घर फर्किएका छन् भने तीन लाख ३५ हजार ३७१ व्यक्ति हाल उपचारारत छन् । भने भारतमा थप ८ जनाको निधन भएको छ । हिजो बिहिबार ८ जनाको निधन भएको हो । थियो भने हालसम्म निधन हुनेको संख्या २० पुगेको छ ।

त्यस्तै करिब १ अर्ब ३७ करोड जनसङ्ख्या भएको भारतले कोरोनाभाइरस महामारी फैलिनबाट मुलुकलाई जोगाउन आपतकालीन कदम चालेपछि भारतमा ठूलो संख्याका यात्रुलाई सेवा प्रदान गर्दै आएको रेल प्रणाली पनि ठप्प भएको छ ।
]
रेल प्रणालीलाई प्रायः भारतको जीवन रेखाका रूपमा वर्णन गरिन्छ । विशाल उपमहाद्वीपमा प्रत्येक दिन २ करोड ३० लाख व्यक्तिले रेलयात्रा गर्ने गरेका हुन्छन् । अर्थात प्रत्येक वर्ष ८ अर्ब भन्दा बढी व्यक्तिले भारतमा रेलको यात्रा गरेको तथ्याङ्क रहेको छ ।

विश्वकै रेलयात्राको सञ्जाल हेर्दा चौथो ठूलो सञ्जालका रुपमा भारतीय रेल पर्दछ । प्रत्येक दिन यात्रु र कार्गो बोक्ने १२ हजार १०० भन्दा बढी रेल सञ्चालनमा रहेका छन् । ती रेलहरु ६७ हजार ४१५ किलोमटिर गुडेको पाइन्छ । रेल सेवा सञ्जालमा १२ लाख भन्दा बढी कामदारले रोजगारी पाएका छन् ।

आइतवारबाट सो रेल सेवा बन्द भएपछि कैयौँ व्यक्ति रेलवे स्टेशनहरुमा फसेका थिए । नयाँ दिल्ली रेलवे स्टेशन ( सामान्यतया २४ घण्टा नै भरिभराउ भएर गुड्ने गर्दछ । जसमा रेलवे स्टाफ, खाजाघर र समाचारपत्र बेच्ने पसलहरूसहित रहेका हुन्छन् । प्लेटफर्ममा सुतिरहेका अपरिचित व्यक्तिहरू अलपत्र अवस्थामा देखिएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्