अब ‘टिभी फिल्मी’मा दैनिक चार चलचित्र

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार १०:५२


यतीबेला विश्व कोरोना सँक्रमणमा छ । सबै घरभित्र लक डाउन छन् । यस्तो अबस्थामा घरमै मनोरञ्जन प्रदान गर्न ‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् ।

स्याटेलाइट प्रसारणमा रहेको देशको एकमात्र फिल्मी च्यानल ‘टिभी फिल्मी’ केही समयमै एचडी प्रसारणमा अपग्रेड हुँदैछ । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने निर्णय गरेको सुबेदीले बताए । सुबेदीका अनुसार हरेक दिन बिहान ६ः३० बजे, बिहान १० बजे, दिउसो १ः३० बजे र राती ८ बजे ‘टिभी फिल्मी’ले चलचित्र देखाउने छ ।

केही दिनमा लकडाउन खुले पनि २०७७ बैशाख १८ गते सम्म चलचित्र हलहरु बन्द रहने भएकोले दर्शकको मनोरञ्जन प्राप्तीको अधिकारको सम्मान गर्दै यस्तो निर्णय लिइएको समेत स्टेशन म्यानेजर सुबेदीले जनाएका छन् ।

साथै इन्टरनेटको खपत बढेकोले स्लो हुनुका साथै भिडियो स्ट्रीमिङ साइटहरुले भिडियो क्वालिटि समेत घटाइरहेको अवस्थामा चलचित्र हेर्ने दर्शकहरुका लागि टिभी फिल्मी उपयुक्त माध्यम हुने बिश्वास समेत सुबेदीले लिएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्