२०७७ सालमा शनिवार बाहेक १३ दिन मात्र सार्वजनिक विदा (सुचीसहित)

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार १४:३९


सरकारले २०७७ सालको सार्वजनिक विदाको सुची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सुचीमा शनिवार बाहेक बर्ष भरी कुल १३ सार्वजनिक विदा परेको छ । यी देशभर हुने विदा हुन् ।

देशभर हुने सार्वजनिक विदामा नव वर्ष, महाशिवरात्री, होली, दशैँ तिहार विदा, मजदुर दिवस, संविधान दिवस , महिला दिवस र बुद्ध जयन्ति रहेका छन् । यस पटक दशैँ र तिहारको एक एक वटा विदा शनिवार कै दिन परेको छ । यी बाहेक सरकारले समबन्धित भूगोल विशेष, पर्व विशेष, समुदाय विदेश, उपत्यकामा मात्र हुने विदा, जन्म जयन्ति विदा, लगायतको छुट्टाछुट्टै सुची तयार परेको छ ।

यी हुन् सार्वजनिक विदा हुने दिन

शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ ।

यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ । होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।

हेर्नुस विदाको सुची :

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्