आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार ११:००


आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो ।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ ।

यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्