तीव्र रुपमा फैलिन थाल्यो नेपालमा कोरोना, फेरी थप नौ जना सङ्क्रमित, ५१६ पुग्यो सङ्क्रमितको सङ्ख्या



कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला, भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला, सप्तरी वलान विहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष तथा बारा सिमरनगढ नगरपालिकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै आज मात्रै सङ्क्रमित हुनेको सङ्ख्या ५९ पुगेको छ । यसअघि बिहान ३० जना र दिउँसो २० जनामा सङ्क्रमण देखिएको थियो । नयाँ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६ पुगेका उहाँले जानकारी दिनुभयो । अहिलेसम्म ७० जना पूर्णरुपमा सञ्चो भई घर फर्किसकेका छन् । उहाँका अनुसार सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्