कोरोनाको मुख्य केन्द्रमा खटेर महिना भरी अहोरात्र काम गर्ने ट्राफिक ‘उत्कृष्ट प्रहरी’ घोषित

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १५:४६


काठमाडौं । प्रदेश १ मा रहेको उदयपुर कोरोनाको मुख्य केन्द्र बन्यो । उदयपुरको भुल्केमा एउटै गाउँमा थुप्ै संक्रमित फेला परे । वैशाखको सुरुको साता देखि उदयपुरको भुल्केमा कोरोनाको संक्रमित फेला परेका हुन् । सो क्षेत्रमा कोरोना थप फैलन नदिने कार्यमा वैशाख महिना भरी अहोरात्र काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ मा पर्ने भुल्केमा खट्ने ट्राफिक हवल्दार प्रदेश १ को ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । वैशाख ५ गते देखि देखिएको कोरोनाको केन्द्र भुल्केमा उनी अहोरात्र खटिएका थिए ।

स्थानियको सुरक्षा र कोरोना फैलन नदिन उनले खेलेको भूमीकाको उच्च मुल्याकंन गर्दै प्रदेश प्रहरीले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । भुल्के स्थित स्थानीय नुरी मस्जिदका ११ भारतीयसहित १३ जमातिमा वैशाख ५ गते पहिलो पटक कोरोना पुष्टि भएको थियो । त्यस यता पनि संक्रमितको संख्या थपिएको थियो ।कोरोना पुष्टि भए पछि सो क्षेत्रलाई स्थानिय प्रशासनले सिल गरेर उच्च सतर्कता अपनाएको थियो । त्यसका लागि उनी अहोरात्र खटिएका थिए ।

पहिले १३ र ४ दिनभित्र थप १३ गरी २६ जना संक्रमित भुल्केमा मात्र देखिएका हुन् । यति धेरै संख्यामा एउटै गाउँमा संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाईएको थियो । स्थानियहरु निकै त्रसित भएका थिए । कोरोना सर्ने त्रासवाट त्यहाँका स्थानियले पैसा दिएर सामान पनि किन्न पाएका थिएनन् । पैसावाट कोरोना सर्ने त्रासमा पसलेहरुले उनीहरुलाई सामान पनि दिन मानेका थिएनन् । त्यस्तो अवस्थामा अदम्य साहस र आँटका स्थानीयको सुरक्षामा खट्ने पौडेललाई उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । उनले उत्कृष्ट घोषित हुन पाउँदा निकै गर्व लागेको प्रतिकृया दिएका छन् ।

प्रदेश प्रहरीले शुक्रबार सार्वजनिक गरेको नतिजामा पौडेललाई संगठनको विभागीय नीति र निर्देशन अनुसार कोरोना प्रभावित क्षेत्रमा गएर निरन्तर खटेवापत महिनाको उत्कृष्ट प्रहरी भएको घोषणा गरेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्