मुम्बईमा रहेकी मनिषा कोइराला आमाबुवाका साथ नेपाल आउँदै, बुवा प्रकाशले यस्तो भने

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १७:५१


काठमाडौं । सिमानाका विषयमा नेपालको पक्ष लिएको भन्दै मनिषा कोइराला यतिवेला भारतीय मिडियाको तारो बनिरहेकी छन् । कोइराला अहिले आफ्ना आमाबुवाको साथमा भारतमै छन् । मिडियाले उनलाई अहिले तल्लो स्तरमा गाली गलौज गर्दै विशेष कार्यक्रम नै प्रशारण गरेका छन् । भारतमै रहेका मनिषाका परिवार नेपाल आउन चाहन्छन् । उनीहरुको वैशाख १८ गते नै नेपाल आउने कार्यक्रम भएको भएपनि लकडाउनका कारण आउन पाएनन् ।

मनिषाका बुवा प्रकाश कोइरालाले आफुहरु जतिसक्दो चाँडो नेपाल आउन चाहेको बताएका छन् । उनले आफुसंगै छोरी मनिषा पनि नेपाल फर्कने बताएका छन् । नेपालले नयाँ नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नयाँ नक्सा सार्वजनिक गर्दै ट्वीट गरेको एउटा सामग्रीलाई मनिषाले समर्थन जनाउँदै रिट्वीट गरेकी थिइन् । उनले दुई ठुला राष्ट्रकाबीच भएको सानो देश नेपालले सिमानाका समस्या दुवै देशसंगको छलफलमा समाधान गर्नुपर्ने बताएकी थिइन् । सोही ट्वीट पछि अहिले मिडियामा मनिषालाई लिएर निकै ठूलो हलचल भएको छ । उनलाइ चीनको इशारामा यस्तो प्रतिकृया दिएको भन्दै भारतीय मिडियाले विरोध गरीरहेका छन् ।

एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषालालाई विशेष कार्यक्रम नै बनाएर भारतीय मिडियाले मनगढन्ते कुरा गरिरहेका छन् । नेपाल सरकारले लिपुलेक,कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गरेपछि परराष्ट्रमन्त्री ज्ञवालीले गरेको ट्वीटमा जनाएको समर्थनले उनको निकै चर्चा भएको हो । भारतले विरोध गरिरहँदा नेपालमा भने उनको समर्थनमा सामाजिक अभियान नै चलाइएको छ । ग

शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् । मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए ।मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए ।

मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्