भारतीय साथीहरुको अगाडी अप्ठ्यारो भयो भनेकी बर्षा राउतले माफी मागिन् तर नामको मात्रै माफी,कारण यस्तो (भिडियो हेर्नुहोस)

प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १९:४८


चौतर्फी बिरोध पछी नायिका राउतले लेखेकी छिन्–‘कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्तामा लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनैकुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन।’

वर्षाले आफू नेपाली भएकोमा गर्व छ पनि भनेकी छिन् । वर्षा अगाडि लेख्छिन्–‘हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।’भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्