विवादित बर्षाले फेरी हिजो को आजै यो गरिन यस्तो चलाखी, फेरी कलाकार नै भए आगो !

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १५:१९


काठमाडौं । नायिका वर्षा राउत एउटा भिडियो लाइभ अन्तरवार्तामा बोलेको विषयमा विवादमा तानिइिन् । उनका वारेमा ट्रोल बनाइएको छ । निकै आलोचना भएपछि उनले आफ्नो नेपाल प्रतिको माया अरुको भन्दा कम नभएको र आवश्यक परे कालापानी गएर झुण्डिन पनि तयार रहेको प्रतिकृया दिइन् । पत्रकार ऋषी धमलासंगको अन्तरवार्ताका क्रममा उनले यस्तो भनेकी थिइन् । तर सोही अन्तरवार्तामा भनेको अर्को कुराले फेरी उनलाई टिप्पणी आएको छ ।

नायिका वर्षा राउतले नेपाल भारतको विषयलाई लिएर भारतिय साथीभाईसँग अनुहार देखाउन गाह्रो भएको भन्दै गरेको टिप्पणीको चारैतिरबाट तीब्र आलोचना भएपछि यसलाई छायाँमा पार्न अर्को झुट बोलेकी छिन्।

‘दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्। मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ’ भन्ने आफ्नो अभिव्यक्ति चौतर्फी विरोध भएपछि वर्षाले एक विज्ञप्ति प्रकाशित गर्दै झुट बोल्ने प्रयास गरेकी छिन्।

उक्त भिडियो अन्तर्वार्ता सबैले हेरिसके पनि वर्षाले विज्ञप्तिमा भनेकी छिन् ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला, जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान्।’ उनले आफुले प्रष्टरुपमा बोलेको शब्दलाई पनि गलत अर्थ लागेको भन्दै झुट बोल्ने प्रयास गरेकी हुन्।

‘एउटा अन्तर्वार्तालाई लिएर जुन होहल्ला गरियो, त्यसले मलाई भावनात्मक ठेस पुगेको छ। हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला, तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथितल परेकी छैन’ विज्ञप्तिमा उनले भनेकी छिन् ‘यस्तो संवेदनशील समयमा भड्काउ तत्वहरूले आक्रमण गर्न सक्छन्, दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न सक्छन्। जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट देखिन थालेको छ। यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस् मैले यही भन्न खोजेकी हुँ।’ वर्षाले अन्तर्वार्तामा एकथरी भने पनि त्यसलाई विज्ञप्तिमा सच्याउने प्रयास गरेकी छिन् ।

त्यस्तै सोही अन्तरवार्तामा भनेको अर्को कुराले फेरी उनलाई टिप्पणी आएको छ । उनले नेपालको माया भएका कारण आफु विदेश नगएको र पिआर नलिएको बताइन् । उनले देशको माया हुनेहरु देशमै बस्नुपर्ने अभिब्यक्ति दिइन् । आफु जस्ता थुप्रै कलाकार विदेशमा गएको प्रति लक्षित गर्दै उनले यस्तो भनेकी थिइन् । सोही विषयलाई लिएर अमेरिका बस्दै आएकी नायीका जल शाहले निकै कडा टिप्पणी गरेकी छन्। उनले विदेशमा रहेका कलाकारहरुले देशको माया गर्न स्वदेशमै बस्नु नपर्ने, तर योगदान भने दिनु पर्ने तर्क गर्दा नायीका जलको चित्त दुखेको छ । उनले सामाजिक सञ्जाल मार्फत निकै लामो स्टाटस लेख्दै वर्षाको सो भनाई प्रति आपत्ती जनाएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा नायिका जल शाह लेख्छिन् –

आफ्नो नेपाल आमालाई माया गर्न नेपालमै बस्नु पर्छ नेपालीहरू विश्वभर छरिएर बसेका छन् । केही मानिसको बोली अनुसार, म देशलाई माया गर्छु, त्यसैले म विदेशमा बसेको छैन यो कस्तो मानसिकता हो रुकत्तिको जायज छरु तर यदि तपाइँको देश प्रतिको कर्तव्य र योगदान हेर्ने हो भने त्यो त शून्य छ। नेपालमा बस्दैमा आफू मात्र इमान्दार रु कस्तो खोक्रो बोली छिन छिनमा बदलिँदै जाने रु नेपाली दाजुभाई, दिदिबहिनीहरू कोहीपनि आफ्नो देश र परिवारबाट टाढा हुन चाहन्नन् , संसारभर छरिएर उनीहरू आफ्नो शीप अनुसारको काम गरिरहेका छन्, आफÞनो परिवारको पेट पालिरहेका छन् ।

उनीहरूलाई, मलाईं जस्तै देशप्रतिको कर्तव्य, सम्मान र प्रेम देखाउन कसैको अनुमति चाहिन्छ र रु देशमा जुनसुकै विपत्ति आइपर्दा पनि विदेशमा बस्ने नेपालीहरू एक भएर अगाडि बढेका छन् ,सहयोगका लागी।नेपालमा बस्ने नेपालीहरुको रगतको रंग गाढा रु नेपाल बाहिर बसोबास गर्ने नेपालीहरुको रगतको रंग फिक्का रु नेपालीको पनि दुइवटा जात हुन्छ र रु के बाहिर वस्ने नेपाली , नेपाली नै होइनन् रु देशमा बसेर ठूलो ठूलो गफ हाकेर आफÞनो देशलाई ठग्न र नङ्ग्याउन हामीलाई त आउँदैन । हामीलाई आफ्नो देश रक्षाको लागी मर्न चाही पक्कै आउँछ । खोक्रो राष्ट्रवाद मुर्दाबाद। जय देश ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्