सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्दै गरिन देहत्याग

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार २२:२६


एजेन्सी । एक जना भारतीय अभिनेतृले मंगलवार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देह त्याग गरेकी छन् । भारतीय टेलिभिजन अभिनेत्री प्रेक्षा मेहताले देह त्याग गरेकी हुन् । २५ वर्षीया मेहता मध्य प्रदेश राज्यको इन्दौरस्थित आफ्नै घरमा गएराति झु’ण्डि’एको अवस्थामा फेला परेकी थिइन्।

पारिवारिक स्रोतले जनाएअनुसार उनले नोट समेत छाडेकी छन्। यद्यपि उनले देह त्याग गर्नुको कारण भने खुलाएकी छैनन्। क्राइम पेट्रोल, मेरी दुर्गा, लाल इस्क जस्ता शोमा अभिनय गरेकी उनी पछिल्लो समय डिप्रेसनमा रहेको बताइएको छ। ‘सपनाको मृ;त्यु हुनु सबैभन्दा खराब हो,’ उनले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा लेखेकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्