भर्खरै ६२ जना कोरोनाका नयाँ संक्रमित भेटिए

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १४:१७


काठमाडौं । बुधाबार झापामा १७ जना कोरोना संक्रमित थपिएका छन्। विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना केचनकवल गाउँपालिकाका छन्। उनीहरू भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए। बाँकी दुई जना भने गौरादह नगरपालिकाका छन्। योसँगै कोरोना संक्रमितको संख्या ८ सय ४२ पुगेको छ।

त्यस्तै प्रदेश २ मा बुधबार मात्रै ४५ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् । त्यस्तै, बाराका ८ जना र सिराहाका २ जना रहेका छन् ।

उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट आएको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए।सीमाबाटै क्वारेन्टाइनमा पुर्‍याएकाले समुदायिकसँग उनीहरुको सम्पर्क नहेको बताइएको छ । पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो तीन दिनमा ८० जना भन्दाबढी संक्रमित रौतहटमा फेला परेपछि आइसोलेसन कक्षको अभाव देखिएको छ । संक्रमितलाई कहाँ राखेर उपचार गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्