नेपालमा पहिलोपटक एकैदिन ११४ कोरोनाभाइरस सङ्क्रमित थपिए

प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १६:४५


नेपालमा अहिलेसम्मकै बढी कोरोना संक्रमित देखिएका छन्। नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए।

मन्त्रालयका अनुसार धरानमा गरिएको स्वास्थ्य परीक्षणमा ११ जना, सप्तरीका ३ जना, कोशी अस्पतालमा झापाका १७ जना, हेटौंडाको प्रयोगशालामा गरिएको परीक्षणमा आठ जनाको पोजेटिभ देखिएको छ । त्यस्तै, पोखराको प्रादेशिक प्रयोगशालामा बागलुङका ६ जना, दाङमा गरिएको परीक्षणमा १८ जना, काठमाडौंको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण पोजेटिभ देखिएको छ । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ ।

मङ्गलवार ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म नेपालमा सङ्क्रमणबाटनिधन हुनेको सङ्ख्या चार छ। डा. देवकोटाले भने, “आजका सबै सङ्क्रमितहरू हामीलाई जानकारी प्राप्त भए अनुसार क्वारन्टीनमै रहनु भएको छ।”
नेपालमा सङ्क्रमितमध्ये ९० जना महिला र ७९६ जना पुरुष भएको उनले बताएका छन्।

बुधवारसम्म संसारभरि कोरोनाभाइरस सङ्क्रमित हुनेको सङ्ख्या ५५ लाख नाघेको छ। विश्वभरनिधन हुनेको सङ्ख्या तीन लाख ४८ हजारभन्दा बढी छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्