भर्खरै फेरी थपिए यी जिल्लाहरुमा ७९ जना नयाँ कोरोना सङ्क्रमित

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ०९:३३


काठमाण्डौ । फेरी प्रदेश २ र स्मायाङ्जामा गरी  थप ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।

हजो मात्र नेपालमा ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका थिए। यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो।

त्यस्तै आज देखिएका नयाँ कोरोना संक्रमित धनुषाका २९ जनामा महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

त्यस्तै आजै भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका स्याङ्जाको वालिङका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू गत सोमबार गाउँ फर्किएर क्वारेन्टाइनमा बसेका थिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले नयाँ संक्रमितमा दुई पुरुष र एक महिला रहेको जानकारी दिए । उनीहरूलाई स्याङ्जा सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको छ । संक्रमित सबै एकै परिवारभित्रका हुन् । स्याङ्जामा मंगलबार पनि दुई जनामा संक्रमण पुष्टि भएको थियो ।

नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्