भारतकी चर्चित अभिनेत्रीको सडक दुर्घटनामा परि निधन

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार ११:१७


भारतीय टिभी अभिनेत्री मेबिना माइकलको सडक दुर्घटनामा निधन भएको छ । २२ वर्षकी मेबिना माइकल आफ्नो घर जाँदै गर्दा सडक दुर्घटनामा परेकी थिइन् । उनी भारतको कन्नडकी निकै लोकप्रिय अभिनेत्री हुन् । कन्नड टिभी दुनियाँमा उनको निकै राम्रो पहिचान स्थापित भइसकेको थियो ।

उनी आफ्ना साथीहरुसँग घर मेदीकेरी जाने क्रममा एक ट्रकसँग ठोक्किएको र दुर्घटनामा परेको भारतीय मिडियाले जनाएका छन् । यो घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ ।

मेबिनाको दुर्घटना नागमङ्गला तालुकको देवहल्लीमा भएको थियो । मेबिनाको निधन को खबरले उनको पूरा परिवारलाई ठूलो धक्का लागेको छ । मेबिना आफ्ना साथीहरुसँग घर फर्किरहेका बेला बाटोमा उनको कार एउटा ट्र्याक्टरसँग ठोक्किका कारण यो विपत आइपरेको हो ।

उनको निधनसँगै रियालिटी शोका होस्ट तथा नायक अकुल बलाजीले मेबिनाको निधन पछि ट्वीट गर्दै लेखेका छन् ‘मलाई मनपरेकी प्रतियोगी र प्याते हुडुगिर हाल्ली लाइफकी बिजेता मेबिनाको अचानक निधन को खबर सुनेर आहत छु ।

मेबिना निकै सानी थिइन् र हँसीमजाक गर्नुपर्ने व्यक्तित्व थियो उनको, म यो कुरामा अझै पनि विश्वास गर्न सकिरहेकी छैन कि मेबिना अब यो दुनियाँमा छैनन् । यो दुर्घटनाबाट बाहिर निस्कनका लागि उनको परिवारसँग मेरो प्रार्थना छ ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्