गण्डकी प्रदेशमा दुईको निधन

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १७:५८


गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर निधन भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ । पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।

त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर निधन भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको ना’ङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको निधन भएको हो । करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट थप एकजनाको निधन भएको छ । ललितपुर महानगरपालिका बुङ्मतीका ५६ वर्षीय पुरुषको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचाररत रहेका उनको बुधबार मुत्यु भएको हो । योसँगै नेपालमा कोभिड–१९ बाट निधन हुनेको सङ्ख्या पाँच पुगेको उहाँले बताउनुभयो । यसअघि बारा, सिन्धुपाञ्चोक, बाँके र गुल्मीका एक–एकजनाको निधन भएको थियो । यही जेठ ११ गते अस्तपालमा भर्ना भएका मृतकको जेठ १२ गते नमूना सङ्कलन गरी कोभिड–१९ परीक्षणका क्रममा सङ्क्रमण भएको पृष्टि भएको हो । उनमा कलेजोसम्बन्धी रोग रहेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्