नवराजकि आमा रुदै भन्छिन,”छोराको नासो,सन्तान मलाई चाहिन्छ, बुहारी बनेर आए नि स्वीकार्छु (भिडियो हेर्नुहोस)

प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २१:२४


जाजरकोटमा प्रेमीका लिन गएका नवराजको गाउँलेको लखेटाईवाट निधन भयो । नवराजको आमाले युवतीको पेटमा आफ्नो छोराको बच्चा रहेको दावी गरेकी छन् । उनले छोरा र ति युवतीको कुरा फोनमा भएको सुनेको र त्यतीवेला युवतीले मेरो पेटमा बच्चा छ, आमा बुवाले अन्तै विवाह गरिदिन लागे लिन आउ भनेर भनेको सुनेको नवराजको आमाको दावी छ । उनले ति युवतीको पेटमा सांच्चै बच्चा छ भने त्यो आफुलाई चाहिने बताइन् ।

उनले भनिन्, राति १० वजे मेरो छोरालाई फोन आएको थियो, छोराले लाउड स्पिकर अन गरेको थियो । म शौचालय जान लागेको बेलामा त्यसो भनेको सुने । साँच्चै उनको पेटमा मेरो छोराको सन्तान छ भने मलाई चाहिन्छ । छोरा वा छोरी जे भएपनि मलाई मेरो छोराको नासो चाहिन्छ । उनले आफ्नो छोरा र साथीहरुको यस्तो अवस्था बनाउनेहरुलाई भने कारवाहीको माग गरेकी छन् । भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्