जाजरकोट रुकुम घटनाको नयाँ रहस्य, गो’प्य अ’ङ्ग नै फालेको आरोप (भिडियो)

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार ०९:२४


जाजरकोट : रुकुमपश्चिमको चौरजहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउको चो ट देखिएको छ। बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चो ट लागेको पाइएको हो।

बेपताको खोजी र उद्धारमा खटिएका स्थानीयले फेला परेका सबै शवमा टाउकोमा चो ट रहेको बताएका छन्। घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन्। भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए। टाउकोमा चो ट लागेको अवस्थामा स्थानीयले सञ्जुको शव भेरी नदीमा फेला पारेका थिए। खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कु च्चि एको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए।

योसँगै मृतकको संख्या पाँच पुगेको छ। भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन्। भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको थियो। बुधबार फेला परेको लोकेन्द्रको शव पनि टाउकोमा चोट लागेको, हात बाँधिएको र अण्डकोष सुनिएको अवस्थामा भेटिएको स्थानीय सुवर्ण रोकायले बताए। यसअघि नै शव फेला परेका नवराज, गणेश र टीकारामको पनि टाउकोमा ढुंगा प्रहार गरेको चोट देखिएको प्रत्यक्षदर्शी भेरी नगरपालिकाका मौसम विकले बताए। अस्पतालले पोष्र्टमार्टमको रिपोर्ट प्रहरीलाई अझै दिएको छैन। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् ।

त्यस्तै एउटा च्यानलको स्थलगत रिपोर्टमा भने गोप्य अङ्ग नै नभएको स्थानीयले बताएका छन् जुन तल हेर्न सक्नुहुन्छ भिडियो

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्