ठोरीमा भएको भारतीय सुरक्षाकर्मीको ज्यादती भिडियोमै हेर्नुस्, नेपाली सडक यसरी भत्काए (भिडियो हेर्नुस्)

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १०:५१


काठमाडौं । लिपुलेक र कालापानीमा भएको सिमाना विवाद अहिले राष्ट्रिय चर्चाको विषय बनेको छ । नेपालले कालापानी लिपुलेकमा भारतले अतिक्रमण गरेको भूभाग पनि समेटेर नयाँ नक्सा जारी गरेपछि भारतमा त्यसले हंगामा भएको छ । तर पनि भारतको मिचाहा प्रवृत्ती भने उस्तै छ । भारत यस्तो देश हो जो संग कुनै पनि छिमेकी मुलुकको सम्बन्ध राम्रा छैन । चीनमा तिन साता देखी सिमानामा विवाद जारी छ । सिमा सुरक्षाकर्मीबीच धकेला धकेल भएको मिडियो र तस्बिर सार्वजनिक भइरहेको छ । पाकिस्तानको समस्या उस्तै छ ।

नेपाल माथि लगाएको गिद्धे दृष्टि सबै सिमानामा छ । भारतसंग जाडिएका सबै सिमानामा भारतले नेपाल तर्फको जमिन मिच्दै आएको छ । अहिले ठोरी क्षेत्रमा भारतको ज्यादती बढ्दै गएको छ । नेपालले दुई दिन अघि बनाएको सडक भारतीय सुरक्षकर्मी आएर भत्काइदिएका छन् । त्यहाँ नजिक बन्न लागेको पुल निर्माणमा पनि अवरोध सिर्जना गरेका छन् । त्यहाँ भएको दुईवटा कुलो मध्य एउटा भारतले र अर्को नेपालले प्रयोग गर्ने सहमति बमोजिम नेपालले पुल र सडक बनाउन लागेको थियो । भारतीय सुरक्षाकर्मी आएर नेपालले प्रयोग गर्ने भनेको कुलो पनि पुरीदिएका छन् भने नेपालीले बनाएको सडक पनि भत्काइदिएका छन् ।’

सिमा क्षेत्रभन्दा भित्र हतियार सहित सेनाको पोसाकमै आएका भारतीय सुरक्षाकर्मीको ज्यादतीले ठोरीमा सिमा नाघेको छ । भारतीय सुरक्षाकर्मीले गरेको त्यो ज्यादती विरुद्ध स्थानिय अहिले सो क्षेत्रमा पुगेका छन् । स्थानियले विरोध गरेपछि उनीहरु भत्काउँदै गरेको सडक छोडेर आफ्नो भूमी तर्फ लागेको भिडियोमा देख्न सकिन्छ । भारतीय सुरक्षा फौजकै बल मिच्याइँका कारण निर्माण भएको २ वर्ष सम्म पनि सञ्चालनमा आउन नसकेको ठुटे खोलाको पुल, जनप्रतिनिधिको पहलमा बुधबारदेखि मात्रै सन्चालनमा ल्याइएको थियो ।

तर पुल सञ्चालनमा आएको एक दिन पनि नबित्दै बिहीबार साँझ भारतबाट ह’तियार सहित बर्दीमा नेपाली भूमिमा छिरेका भारतीय सुरक्षाकर्मीले पुल सञ्चालनमा अवरोध गरेका हुन् । पुल र हुलाकी सडक बीचमा रहेको नेपालको खोलाबाट भारततर्फ बग्ने कुलो पुरेर बुधबारदेखि पुल सञ्चालनमा ल्याइएको थियो ।

तर बिहीबार साँझ ५ बजे भारतबाट डिएम, एसएसबीका डिएसपी र बिहार प्रहरीका अधिकारी सहित आएका सुरक्षाकर्मी र भारतीयले कुलेर पुरेर बनाइएको सडक भत्काइदिएका थिए । पुल सञ्चालनका लागि कुलो पुरिएको सडक भारतीयले भत्काउन थालेको खबर पाएर ठोरीका जनप्रतिनिधि र स्थानीयवासी पुगेर प्रतिवाद गरेपछि भारतीय सुरक्षाकर्मी र मजदुरहरु फर्किएको ठोरी गाउँपालिका २ का वडा अध्यक्ष किशोर तमाङले बताए ।

‘पुलमा पुग्दा भारतका डिएमका साथै हतियार र बर्दीमा रहेका २५÷३० जना जति भारतीय प्रहरी र एसबएसबीले पुलमा बसेर मजदुर लगाएर कुलो भत्काइरहेका थिए । हामीले यो नेपाली भूमि हो, यस्तो गर्न पाइँदैन भनेर प्रतिवाद गर्यौँ, केही बेर भनाभन पनि भयो, पछि उनीहरु भारततिर लागे,’ अध्यक्ष तमाङले बताए ।

वडाध्यक्ष तमाङका अनुसार भनाभनका क्रममा भारतीय डिएमले पर्साका प्रमुख जिल्ला अधिकारीले भनेर नै कुलो सञ्चालनका लागि सडक भत्काउन आएको बताएका थिए । तर करिब २ सयको सख्यामा भेला ठोरीवासीले पुल सञ्चालनमा अवरोध गरिए यसले झन ठूलो दुर्घटना निम्त्याउने ध’म्की दिएपछि उनीहरु पछाडि हट्न बाध्य भएको स्थानीयहरु बताउँछन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्