संक्रमितलाई आइसोलेसनमा लैजान खोज्दा झ’डप, प्रहरीद्धारा १० राउण्ड बढी हवाई फा’यर

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:०६


रौतहट, १६ जेठ । आफ्ना परिवारका सदस्यलाई अन्यत्र लैजान लागेको भन्दै इशनाथ नगरपालिकाको जोकाहाटोलमा झ’डप भएको छ । त्यहाँ रहेका कोरोना संक्रमितलाई अन्यत्र उपचार गर्न लैजान लागे पछि स्थानियले विरोध गरेका हुन् । विरोधका क्रममा झ’डप समेत भएको छ । इशनाथ नपा ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा बनाइएको क्वारेन्टाइनका दुई व्यक्तिमा बिहीबार संक्रम’ण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि अन्यत्र लैजान लागिएको थियो ।

पचारका लागि जिल्ला कै गरुडास्थित प्रहरी विद्यालयमा स्थापना गरिएको आइसोलेसनमा कक्षमा लैजान लागिएपछि स्थानिय र परिवारका सदस्यले विरोध जनाएका हुन् । उनीहरुलाई लिन शुक्रबार बिहान चिकित्सक र सुरक्षाकर्मीको टोली पुग्दा विवादले उग्ररुप लिएपछि झ’डप भएको बताइएको छ ।

स्थानीयले कोरोना संक्रमितलाई जोकाहामा नै राखेर उपचार गर्नुपर्ने माग राखेका छन् । आफन्तलाई अन्यत्र लैजान नहुने उनीहरुको भनाई छ । संक्रमित रहेको स्थान जोकाहाबाट गरुडास्थित प्रहरी विद्यालय करिब २५ किलोमिटर टाढा रहेका कारण स्थानियको विरोध हो । स्थानीयले जोकाहामै रहेको क्वारेन्टाइनमा राखेर संक्रमितको उपचार गर्न माग गरेपछि विवाद हुँदा झ’डप भएको प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीमाथि ढुंगा प्र’हार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड भन्दाबढी हवाई फा’यर गरेको जनाइएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्