भर्खरै फेरी ५६ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:५३


एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या १ सय ८१ पुगेको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको परीक्षणमा संक्रमण फेला परेको बताएको छ ।

प्रजिअ घिमिरेले शुक्रबार संक्रमण देखिएका सबै हालै भारतबाट फर्किएका व्यक्ति भएको र उनीहरु क्वारेन्टाइनमा बसिरहेको बताए । उनले सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी आफूले पाएको पनि बताए । रौतहटका विभिन्न स्थानमा बनाइएका क्वारेन्टाइनमा भारतबाट फर्किएका झण्डै ४ हजार ५ सय जना छन् ।

संक्रमण पुष्टि भएका सबै जनालाई गरुडास्थित विर्तामा रहेको प्रहरी विद्यालयको आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

त्यस्तै दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्