नेपालमा आज १७० कोरोनाभाइरस सङ्क्रमित थपिए, यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या भएको पुष्टी !

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १६:४३


नेपालमा शुक्रवार १७० कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,२१२ पुगेको बताए।

यो एकै दिन बढेको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो। बुधवार ११४ जनामा र बिहीवार १५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो। नेपालमा कोभिड-१९ बाट निधन हुनेको सङ्ख्या पाँच छ। डा. देवकोटाका अनुसार अहिलेसम्म निको हुनेको सङ्ख्या २०६ छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले देशभरि ९९,३३६ व्यक्ति क्वारन्टीन र १,००० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्। अहिलेसम्म पीसीआर विधिबाट कुल ६४,१५४ वटा परीक्षण गरिएको छ। अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्।

झापामा  २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पताल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा थप २८ जनामा कोरोा संक्रमण पुष्टि भएको हो । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का सङ्क्रमण भटिएको थियो । भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका र अध्ययनका लागि गएकामध्ये ४०० बढी आइसकेको बताए ।

त्यस्तै रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकाका ६ र बोधिमाई नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमितको संख्या १८१ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्