पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाइ बर्दियाली युवाको पत्र

प्रकाशित मिति : १७ जेष्ठ २०७७, शनिबार १०:३०


सम्माननिय पुर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराई ज्यु,

नेपाल को संविधान २०७२ को भाग ३ को धारा ४८ मा उल्लेख गरिए बमोजिमको एक नागरिक तर समाजमा तपाईंहरुले परिभाषित गरे अनुरुप शोषक, सामन्त, प्रतिक्रियाबादी र परिवर्तन बिरोधी म ब्राह्मणको छोरो को तर्फबाट लालसलाम।

डा. साप, २०६५ सालमा तपाईं अर्थ मन्त्री हुँदा बेरोजगार युवाहरुलाई लक्षित गरेर ल्याइएको युवा स्वरोजगार कार्यक्रम निकै पपुलर र प्रसंसनिय रह्यो, तपाँई प्रधानमन्त्री भै सकेपछी, नेपाली उत्पादन मुस्ताङ म्याक्स गाडी चढ्ने घोषणाले तपाँईको उचाई अझ थप्यो । बिषेश गरेर शान्ति प्रक्रियालाई निष्र्कर्शमा पुर्याउने मुख्य कार्य अन्तर्गत तत्कालीन जनमुक्ति सेना समायोजन गर्ने काम तपाईं कै कार्यकालमा सम्पन्न भयो । यि र यस्ता तमाम कार्यहरुको भर्पाई आगामी समयले गर्ला या नगर्ला म भन्न सक्दिन तर यि कार्यहरु बास्तब मै प्रसंसनिय रहने छन्।

डा.साप, कसैको पनि ह;त्या अपराध हो। तेहि ह;त्याको जगमा टेकेर त्यस्लाई जातीयताको स्वरुपमा बहस को बिषय बनाउनु समाजलाई अपराधीकरण गर्नु हो । भन्ने मेरो ठम्म्याइ रहेको छ । किनभने आज को २१ औ शताब्दिमा आईपुग्दा समेत हामिले हाम्रो चेतनालाई जातियताको सङ्कृण सोँच भन्दा माथि राख्न सकेनौं भने यो हाम्रो सबै भन्दा ठुलो ऐतिहासिक भुल हुनेछ ।

डा.साप, तपाईं हरु कै माग बमोजिम संविधान सभाको निर्बाचन भयो ,राजतन्त्र को अन्त्य भयो । समाज मा बिकसित बिकृती हरु लाइ निमिट्यान्न पार्न तपाई जस्तै बौद्धिक ब्य्क्तित्व हरुले प्रयोग गर्ने शब्दहरु, दलित, जनजाती, मधेसी आदि आदिलाइ आरक्षण को ब्यब्स्था भयो । तपाईं देशको प्रधानमन्त्री हुँदाका बखत पहिलो संविधान सभाले मिति २०६७ जेष्ठ १४ गते जारी गर्नुपर्ने संविधान जारी नगरी भङ्ग गरियो । पुनः दोस्रो संविधान सभाको निर्बाचन भयो । पहिलो संविधान सभाले छलफल गर्न नभ्याएका बिषयहरु दोस्रोपटक छलफलमा ल्याइयो होला पक्कै पनि ।

हजारौं जनताको बलिदानि पश्चात प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवारी बोकेका ब्यक्ती तपाईहरु कहिले सम्म, एकीकृत भएको समाजलाई जातियताको आधारमा बिखन्डन गर्न तर्फ लाग्नु हुन्छ ? तपाईं जाहाँ जाहाँ जानुहुन्छ तेहिका समाज अनुकुल आफुलाई परिवर्तन गर्नुहुन्छ । थारु, मधेशि, मगरात, गुरुङ,शेर्पा, राई, तामाङ, नेवार, दलित जिन्दाबाद कहिले सम्म जातिय राजनितीको आहालमा डुब्ने बिचार छ डा. साप ? के यि सबैलाई छोडेर नेपालीलाई एकताको सुत्रमा गोलबन्द गर्ने कुनै रणनीति बनाउन सक्दैन तपाईं हाम्रो बौद्धिकताले ?

डा.साप, संसारको एकमात्र हिन्दुरास्ट्रलाई धर्मनिरपेक्ष बनाइयो, यस्को अर्थ धर्म शुन्य हुनु पक्कै होइन । सबै धर्म प्रती सदभाब, सबै धर्मको बिकासको स्वतन्त्र अवसर र यिनिहरुका बिचको समन्वय, सबै धर्ममा अन्तरनिहित आधारभुत मानबिय गुणहरुमा आधारित सम्प्रदाय मुक्त आध्यात्मिकताको बिकास नै धर्म निरपेक्षता को लक्ष्य हुनु पर्दछ। हिन्दु ग्रन्थहरुको भन्दा पनि हिन्दु धर्मका ठेकेदारहरुले कसैलाई कज्याउने मनसाय बोकि निश्चिति समुहलाइ प्रयोग गर्दै आए त्यसको प्रभाब आजसम्म जिवन्त रहन पुग्यो ।

यसरि आफु अनुकुल प्रयोग गर्दा गर्दै उनिहरुलाई निच देखाइयो ,जस्को कारण अन्यायमा परेका भनेका समुदायहरुलाई यहाँ निर न्याय भयो या भएन मैले बुझ्न सकिन । तर अन्याय चाही पक्कै भएको छैन । तथाकथित रुपमा तल्लो जात भनेर परिभाषित गरिएका ब्यक्तिहरु सबै दुखी र पिडित पनि छैनन र तपाईले सामन्त शोषक भनेका बाहुन क्षेत्रीहरु पनि सबै पिडक छैनन । समाज परिवर्तित छ । सबैलाई शिक्षा, स्वास्थ्य को पहुँच पुर्याउनु पर्छ भन्ने मान्यता सरकार लगाएत आम नागरिक को चासो को बिसय बनेको छ । यस्मा नागरिकको हैसियतले हामी पुर्ण रुपमा सहमत छौ ।

हामी आशाबादी छौ । एउटै मुहानको पानी खाएर हुर्केका, सार्बभौम भै मेची महाकाली सम्म फैलिएका हामी, कदापी एक अर्कालाई आरोप प्रत्यारोप गरेर बस्ने मनसाय मा छैनौं । हामी हाम्रो रास्ट्रिय स्वाभिमान जोगाउन दुश्मनको गोलि छातिमा थापेर मर्न तयार छं । तर जातिगत स्वाभिमानकोलागी हामिमा कुनै द्वेष छैन । मलाई लाग्छ जातिगत आधारमा कसैको पनि स्वाभिमानमा आँच पुर्याउने काम हामी कसैले पनि गर्नु हुदैन ।

मेरो सम्बन्धमा मैले माथी नै भने म कथित माथिल्लो जात भनेर तपाईंहरुले परिभाषित गरेको शोषक, सामन्त बर्ग मध्यको ब्राह्मण जाती तर मलाई ब्राह्मण हुनुमा कुनै गौरब महशुस हुदैन । किनभने मेरा धेरै अनन्य मित्र्हरु तपाईंले परिभाषित गरे जस्तै दलित, थारु र अन्य अन्य जातका हुनुहुन्छ ,वहाँहरुको अगाडी म आफुलाई बाहुनको रुपमा कहिल्यै पेश गरिन र मेरो चेतना बाकी रहदा सम्म मैले गर्नेपनी छैन ।

डा.साप, भारतका प्रतिभाशाली बैज्ञानिक रास्ट्रपति डा. अब्दुल जे कलाम सङ्ग एक १० बर्सिय बालिका अटोग्राफ लिन पुग्छिन । डा. जे ले बालिकालाई सोध्छन, तिमि भबिस्य मा के हुन चाहन्छ्यौ ? बालिका ले तुरुन्त जवाफ दिन्छिन, ुम एक समुन्नत भारतमा जिउन चाहन्छुु । ठिक तेसै गरि हामी नेपाली पनि उन्नत, शान्त, न्यायपुर्ण र स्वाभिमानी नेपाली भएर जिउन चाहन्छौ । हामी कुनै जाती विशेषको ठेकेदार नभएर, मात्र नेपाली भएर जिउन चाहन्छौ । हाम्रो चाहना छ यो देश को सार्बभौमसत्ता नेपाली जनता मै निहित रहोस, हामी हाम्रो भुमीमा निस्फिक्री हिड्न डुल्न पाउँ, यहाँ त सिमा सुरक्षा मा खटिएका सुरक्षाकर्मी नै भारतियबाट असुरक्षित छ्न । के यसरी हाम्रो स्वाभिमान जोगिएला ?

केहि भारतिय कर्मचारीहरुले एउटा अङ्गुलिमा नचाउन सक्ने यहाँका राजनितिक दल देखेर हामी हैरान छौ, भर्खरै को मेरियट होटेल को घट्नाले हामिमा निराशा छाएको छ, के साच्चै एक स्वाभिमानी रास्ट्र का बिर सन्तान हरु ले हरेक पल बाहिरिया को इशारा मा चल्नु पर्ने हो यदि तेसो हो भने यो निकै गभिर बिसय हो यसबारे ध्यान दिनु जरुरी छ ।

डा.साप, मानिसमा बिध्यमान दरिद्रता हरु मध्य सबैभन्दा घातक भनेको बैचारिक दरिद्रता हो । किनभने हामी यस्तो देशका नागरिक भयौं जस्को लागी बिकास र आर्थिक एजेन्डा कहिले मह्त्वपुर्ण बन्न सकेनन । तर रास्ट्रको शक्ती सम्पदा जहिल्यै राजनीतिक अस्थिरतामै बर्बाद भयो । स्वतन्त्र र सृजनशिल चिन्तन बिकसित हुन सकेन । देशको भुमी छिमेकीबाट ५० औ बर्ष अघि देखी मिचिएको हुन्छ । तर त्यस्को दोष बर्तमान सरकारलाई दिइन्छ ।

राजनैतिक अस्थिरताले १२ बर्षमा १२ सरकार फेरिने देश जहाँ तपाईं स्वयं पनि अर्थमन्त्री र प्रधान बन्नुभो तर यि र यस्ता सिमाका बिसय कहिल्यै उठ्न पनि उठेनन र उठाउन पनि खोजिएन । के यि बिसय गम्भिर होइनन ? अहिले आएर यिनै बिषयमा सरकारका बिरुद्द टुइटर मा व्यंग्य गर्दै, आफैले आफैलाई वाह क्या बात भन्दै बस्नु हुन्छ । सच्ची तपाइ प्रधानमन्त्री हुँदा यि बिषयमा कति काम गर्नु भो ? एक पटक छातिमा हात राख्नुस त ? अवश्य पनि यि र यस्ता पक्षमामा जनताले मुल्यांकन गर्दै छन ।

डा.साप, बिश्व कोरोनाले आक्रान्त बनेको बेला नेपाल समेत यसबाट अछुतो रहन सकेन । यो बिसय तपाईंलाइ थाहा नभएको पनि होइन । साथै नेपालको श्वास्थ्य र प्राबिधिक क्षमता को बारेमा समेत तपाइ स्वयं जानकार हुनुहुन्छ । फेरि पनि यहि मौका पारेर बर्सौ देखी नेपाली भुमी कालापानीमा आफ्नो सेना राखेको भारतिय सरकार ले नेपाली भुमी मिचेर चिनको मानसरोवर जोड्ने बाटो बनाएको खबर एकाएक बजार मा आयो । १,२ दिन नेपालमा खल्बली मच्चियो । सरकारले भारतिय सरकारको कामलाई काउन्टर दिदै कालापानी, लिपुलेक र लिम्पियाधुरा समेत समेटेर नयाँ नेपालको नक्सा जारी गर्यो । यो ऐतिहासिक कदमको सबैले खुलेर प्रसंशा गरे ।

वास्तबमा सरकारको यो कदम प्रती साम्पुर्ण रास्ट्र गौरवान्वित भयो ।सबैले आ आफ्ना रायहरु ब्य्क्त गरे । तर बिगत २ महिना भन्दा बेसि देखी तपाईंले तपाईंको ट्विट मार्फत दिएका अभिव्यक्तिहरु हेर्दा लाग्छ तपाँईलाई रास्ट्रिय समस्याहरु भन्दापनी सरकारको आलोचना,, नकारात्मक टिप्पणी, ब्यङ्ग्य, सिमा बिषयमा मौनता, जातिय द्वेष, बिभिन्न जालझेल र राजनैतिक मुद्दा, सत्ता पक्षीय बिभिन्न नेता कमरेडहरुलाई बिबादित बनाउने प्रयास, बढी प्यारो लाग्दो रैछ । नेपालमा युगान्तकारी परिवर्तन गर्ने उदेश्य लिएर १० औ बर्ष जनयुद्द गरेर भारतिय बिस्तारबाद बिरुद्द सुरुङ्ग युद्द घोषणा गर्ने तपाईंबाट आम जनता यति सम्म निराश होलान भन्ने हामिले कल्पना समेत गरेका थिएनौ ।

तपाईंको उपयुक्त सुझाब नत कोरोना को बिसय ले प्राप्त गर्यो नत सिमा को बिसय ले के यो साह्रै लाजमर्दो कुरा होइन र ? सरकारले नक्सा जारि गरयो ,नेपाल को निसान छाप भित्र रहेको नेपालको नक्सा परिवर्तन गर्नु पर्ने भो । त्यसकोलागी संविधान संसोधन, संविधान संसोधनको पुर्ब सन्द्यामा भारतिय बिदेश सचीब नेपाल प्रवेष त्यहाँ तपाईं लगाएत बिभिन्न कथित नेताहरु सङ्गको भेट बडो अनौठो परिदृश्य देखियो । लगत्तै त्यो भेट पश्चात काङ्ग्रेसले संसोधन प्रश्ताबको बिषयमा बुझ्न समय माग गर्नु, तपाइको पार्टीले संविधान संसोधनकोलागी विभिबिन्न सर्तहरु राख्नु , सत्ता परिवर्तनकालागी निच प्रपन्चहरु रच्नु जस्ता गतिबिधीहरु घोर निन्दनीय छ्न । यि र यस्ता व्यबहारहरुले गर्दा इतिहासले तपाँईलाई कसरी मुल्यांकन गर्ला केहि सोच्नु भएको छ ? यो विषयमा गम्भीर बन्नुहोस् ।

डा. साप, अन्त्यमा, कुनै जातजाती निच वा तल्लो भन्ने हुदैन, त्यो त मान्छेको सोंच मात्र हो । यस्लाई बिवादको बिषय नबानाऊँ । तपाई जत्तिको बौद्धिक ब्यक्तिले कुनै जाती विशेषको वकालत गरेर समाज रुपान्तरण हुदैन । त्यहाँ झन द्वन्द चर्किने सम्भावना हुन्छ । त्यसैले यस्ता कुराले क्षणिक वाहवाही होला तर दीर्घकाल सम्म असर पुग्छ । राजनिती मा सधै एकनास हुदैन । रास्ट्र बनाउने तपाँईका पनि ब्यक्तिगत भिजन होलान् तिनलाई जनता सामु लैजानुहोस् । ट्विटरमा सरकारको अनर्गल प्रचार प्रसार सहितको बिरोध गर्नु भन्दा आफ्ना योजनाहरु राख्नुहोस् ।

अहिले संसार भरी नै जुन धार्मिक जातिय उन्माद र हिं;सा सल्किन थालेको छ । त्यसलाई प्रेम पुर्बक बिसर्जन गर्ने एक उपाए अन्तर्जातिय बिवाह पनि हो । तर यति भनिरहँदा हिन्दु धार्मिक तथा सामाजिक आचरणको संहिता मनुस्मृतीमा उल्लेख गरिएका ८ किसिमका बिवाहहरु मध्य अस्ति रुकुम मा गर्न खोजिएको बिवाह को प्रकृती राक्षस रैछ स्त्रीलाई जबर्जस्ति भगाएर गरिने बिवाह त्यस्तो बिवाहमा द्वन्द स्वभाबिक देखिन्छ । तर ह’त्या अपराध नै हो । यो बिषयमा एकोहोरो भाषा प्रयोग नगरी बिश्लेशण गर्नु जरुरी हुन्छ ।

४० जनता को म्याण्डेट प्राप्त सरकारलाई पुर्ण अबधिभर काम गर्ने बाताबरण बनाउनु तपाईं प्रतिपक्षीहरुको भुमिका पनि अहम रहन्छ तेसैले यो कार्यकाल कुनै षड्यन्त्र र प्रपन्च नरची सरकारलाई स्थिर भएर काम गर्न दिनुस् । एउटा सामाजिक शक्ती को रुपमा उदय भएको राजनैतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सरकारलाई भुमिका बिहिन लाचार या पङ्गु बनाउने प्रयास गरियो भने यो रास्ट्रको लागी दुर्भाग्यपूर्ण साबित हुनेछ । यदि राजनैतिक निकासकोलागी अरु कुनै बाटो अख्तियार गर्नु पर्ने भएमा समृद्ध नेपालको सपना सपना मै सिमित रहने छ । त्यसैले सम्भाबित दुर्घटना हरु बाट जोगिन एक जिम्मेवार राजनितीक नेतृत्व को भुमिका निर्बाह गर्नुस । तपाइहरु आगामी निर्बाचन को लागी तयार हुनुस।

मैले माथी नै उल्लेख गरिसके ह’त्या अपराध हो तेसैले चाहे टिकापुर घटनाको अपराधी होस् या रुकुम घटनाका पिडितलाई जातियताको आधारमा नहेरी दुबै तर्फका पिडितले न्याए पाउने गरि भुमिका निर्बाह गर्नुहोस् । कुनै अपराधीलाई कुनै बहानामा उन्मुक्ति दिन पाइने छैन । सुनिदैछ अपराधी छोड्नु पर्ने तपाईंको जोडदार माग छ रे । कृपया अपराधी अपराधि नै हो । अपराधी जोगाउने राजनिती बन्द गर्नुस् ।
धन्यबाद / शुसिल ज्ञवाली, बर्दिया

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्