आइतवार क्वारेन्टिनमा २ बालबालिकाको गयो ज्यान, शव राखेर कोरोना रिपोर्ट कुर्दै परिवार

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १२:२२


काठमाडौं । आइतवार मात्र क्वारेन्टिनमा दुई बालबालिकाको ज्यान गएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको निधन भएको भने डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका एक बालकको निधन भएको छ । निधन हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् । ।

भारतबाट अभिभावकसंग नेपाल आएकी २ वर्षकी बालिकालाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा निधन भएको वताइएको छ । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले नेपाल आएका थिए । ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बस्दा बालिकामा स्वास्थ्य समस्या देखिएको हो ।

भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने लक्षण देखिएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो ।

यता डडेलधुरामा पनि भारतवाट आएका बालकको निधन भएको हो । आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए । भारतवाट आएका उनीहरुलाई क्वारेन्टिना राखिएको थियो । ब्वारेन्टिनमै बालक बिरामी भएपछि अस्पताल लगिएको थियो । उनी अस्पताल नपुग्दै वाटोमा निधन भएको बताइएको छ । बालकलाई गएको राति ३ बजे अस्पताल पुर्‍याइएको थियो । क्वारेन्टिनमै हुँदा ती बालकले उच्च ज्वरो थियो । बालकको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुवै बालबालिकाको स्वाव संकलन गरेर परिक्षणका लागि ल्याव पठाइएको छ । कोरोनाको रिपोर्ट नआउँदा सम्म अन्त्यष्टि गर्न नहुने भएकाले परिवारका सदस्य शव राखेर कोरोनाको रिपोर्ट कुरेर बसेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्