सर्लाहीमा भारतीय नागरिकले प्रहरीकै ह’तियार खोस्न खोजेपछि चल्यो गो’ली

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १३:१०


काठमाडौं, १८ जेठ । भारतीय नागरिकको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीमा प्रहरीले गो’ली चलाएको छ । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले जबरजस्ती आउने भारतीयलाई रोक्न हवाई फा’यर गरेको जनाएको छ । सो क्षेत्रमा यस अघि पनि भारतीय नागरिक जवरजस्ती नेपाल प्रवेश गर्ने प्रयास गर्दै आएका छन् । प्रहरीसंग झ’डप हुँदै आएको छ ।

ठूलो समूह हुलहुज्जत गर्दै नेपाल प्रवेश गर्न लागेपछि प्रहरीले फा’यर खोलेको जनाएको छ । उनीहरुले प्रहरीका ह’तियार समेत खोस्ने प्रयास गरेका थिए । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०/४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि एक राउन्ड हवाई फा’यर गर्नु परेको प्रहरीले जनाएको छ ।

हवाई फा’यर गरेपछि भारतीय समूह तितरवितर भएको थियो । अहिले स्थिति सामान्य बन्दै गएको सशस्त्र प्रहरीले जनाएको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्