दलित मात्र हो र मरेको भन्दै गणेश बुढाकी आमा धरधरी रुँदारुँदै बोल्नै सकिनन्

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १६:०१


जाजरकोट । साथीको लहै लहैमा लागेर मेरो छोराले ज्यान गुमायो । नवराज विकको लागि आफ्नो छोराले ज्यान गुमाए पनि उनीहरुका बारेमा कसैले नबोलेको भन्दै एक आमाले बिलौना गरेकी छन् । नवराज सहित उनका छोरा गणेश वुढामगरको शव पनि फेला परेपछि किरिया बसेकी आमाको बिलौना हो यो ।

पदम बहादुर बुढामगर २ छोरा थिए । यिनी छोरालाई पढाउनका लागि उनी भाडामा बस्न जाजरकोट आएका थिए । छोराको भविष्यका लागि भन्दै आफ्नो जन्मघर छोडेर जाजरकोट आएका उनी एउटा छोरा गुमाए । गणेशवहादुर बुढामगरको निधन पछि उनी किरिया बस्ने घर पनि पाएनन् । बस्दै आएको घरवाट घरभेटीले निकालिदिएपछि उनी छोराको किरिया गर्न नजिकै रहेको खानेपानी भवनमा पुगेका छन् ।

दुई छोरा मात्र थिए । उनीहरुकै भविष्यका लागि उनी सल्यानवाट जजारकोट आएका थिए । सल्यानमा परिवार छन्, वुवा आमा सबैलाई छोडेर उनी यहाँ आएका थिए । राम्रो शिक्षा दिएर भविष्य सपार्न भन्दै सबैलाई गाउँमा छोडेर छोराहरुलाई लिएर आएको बताएका छन् ।

गणेश कहिल्यै भेरीमा पौडि खेल्न जान्थेनन् । उनलाई पौडी खोल्न पनि आउँथेन । गाउँलेले घेरा हालेर ल’खेटेका कारण उनी नदिमा हामफालेको हुनसक्ने भनेर गरिएको प्रश्नमा उनले त्यसो नभएर उनलाई भेरीमा फालेको बताएका छन् । त्यो दिनको घटना सम्झदै बुवाले भने, त्यो दिन आमा काममा गइसकेको थियो । छोरालाई खाना खा भने । हुन्छ खान्छु भन्थ्यो । कतिवेला गयो थाहा नै भएन ।

आमाले बिलौना गर्दै भनिन्, हामीले निकै परिश्रम गरेर छोरा हुर्कायौं, पढायौं । अहिले साथीको लहै लहैमा लागेर ज्यान गुमायो । हामी इन्डिमा पनि बसेका छौं त्यहाँ मानिस निधन हुँदा यस्तो अन्याय हुन्थेन । तर हाम्रै नेपालमा यस्तो अन्याय हुने रहेछ । छोरा गुमाएको पिडा छ, यस्तो बेलामा किरिया गर्न मिल्दैन भनेर पस्न दिएन । त्यो घरमा किरिया गर्दा देउता लाग्छन्, पाठा चढाउनुपर्छ भन्दै बस्न दिएनन्, बरु जति पाठा चढाउनु परेपनि चढाउँथे ।

मेरो छोरासंग सबै साथै त्यही घरमा बसेर पढ्थे मेरो छोराको आत्मा त्यही घरमा आउँछ होला । त्यही घरमा किरिया गर्न पाए हुन्थ्यो । तर पाइएन । उनले घटनामा दलित मात्र नभएर अन्य जातका युवाको पनि निधन भएको भएपनि यसलाई जातिय नारा बनाएको भन्दै गुनासो गरेकी छन् ।

दलित युवाको लहै लहैमा लागेर शाही र मगरले पनि ज्यान गुमाए । तर यिनीहरुका बारेमा कोही बोल्दैन उनले दुखी हुँदै भनिन् । जसको लागि गएको थियो उसकै लागि मात्र नाम छ, खै किन यस्तो गर्छन , दलित समुदायको मात्र नाम छ उनले बिलौना गर्दैै भनिन्, मेरो छोरालाइ न्याय कसले दिन्छ ?

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्