आज फेरी १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १६:३२


काठमाडौं- नेपालमा थप १६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ५६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १ हजार ५६७ पुगेको जानकारी दिएका हुन् । प्रवक्ता डा देवकोटाका अनुसार पछिल्लो पटक १ जना थप डिस्चार भएका छन् । यो सँगै २२० जना पुगेका छन् । जसमध्य ४८ मिहला अन्य पुरुष रहेका छन् ।

अहिलेसम्म क्वारेन्टाइनमा एक लाख १९ हजार एक सय ९२ जना छन् भने आइसोलेसन एक हजार तीन सय ४९ जना रहेका छन्। आइतबार एक जनाको डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या भने २२० पुगेको छ। जसमध्ये १७२ पुरुष छन् भने ४८ जना महिला छन्। आइतबार चितवनको भरतपुर अस्पतालबाट मकवानपुर हेटौंडाकी २५ वर्षीया महिलाको डिस्चार्ज भएको हो।

प्रवत्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६९ हजार पाँच सय ८२ र आरडीटी विधिबाट एक लाख ११ हजार एक सय ९ जनाको नमुना परीक्षण गरिएको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्