भाग्यले बाँचेका नवाराजका साथीले घटना सम्झंदै भने, बेलैमा प्रहरी नआएको भए आज हामी जिउँदो हुने थिएनौं (भिडियो)

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आईतवार १७:०३


जाजरकोट । नवराजसंगै रुकुम गएका केही युवाहरुले घटनाका बारेमा नयाँ कुरा खुलाएका छन् । उनीहरुले आफुहरु १९ जनाको समुहमा गएको स्वीकार गरेका छन् । आफुहरु फर्कन लागेको बेलामा गाउँका ठुलो भिडि आएको देखेर आफुहरु डराएर भागेको बयान दिएका छन् । सो घटनामा बाँचेर फर्कीएकाहरुले आफुहरुलाई आ’क्रमण भएको बताएका छन् । भेरीको पुल नाघेर बाँचेका दुई जना नवराजका साथीहरुले आफुहरु भागेर बाँचेपछि उनीहरु पनि भागे होलान् भन्ने ठानेको बताए ।

२१ वर्षका नवराज विक, १७ वर्षकी युवतीसंग प्रेम सम्बन्धमा थिए । नवराजले गएको शनिवार वेहुली लिन भन्दै अन्य १८ जना साथी लिएर गएका थिए । नवराजले आफुहरुलाई वेहुली भगाउन जाने भनेर फोन गरेपछि आफुहरु गाउँवा १० जना गएको बताए । वाटोमा अरु साथीहरु मिसिएर १९ जना भएर युवतीको गाउँ गएको बताए । उनीहरु युवतीको घर नजिकैको वाटोवाट जाँदाखेरी युवतीको आमाले देखेपछि, ए डुम तँ फेरी आइस् भन्दै भनेको उनीहरुले बताएका छन् ।

नवराजलाई युवतीको आमाले पहिल्यै देखि चिनेको हुनसक्ने भएकाले देख्ने बित्तिकै त्यस्तो भनेको उनीहरुको भनाई छ । उनीहरुको कुरा भएको थियो की के हो त्यो त थाहा भएन, संगै गएका एक जना साथीले भने, हामीलाई देख्ने बित्तिकै युवतीको आमाले ए डुँम त फेरी आइस् ? भनेर भन्नुभयो । पहिलाको चोट खाएर पुगेन ? अब म रेर जान्छन् । आमाले त्यसो भनेपछि आफुहरु फर्केर घर फर्कन लागेपछि मथिवाट ठूलो हुला आएर आफुहरु माथि आ’क्रमण भएको बताए ।

ढुं’गा, मु’ढा, हँ’सियाले हा’नेको उनीहरुले बताएका छन् । हँ’सियाको पछाडीको भागले आफुहरुलाई हा’नेको उनले बताए । त्यस्तो बेलामा को कता भाग्यो थाहा नै भएन । सबैजना भाग्न तिर लाग्यो । हामीले उनीहरु पनि भागे होलान् भन्ने लाग्यो उनले भने । आफुहरुलाई देख्ने बित्तीकै युवतीको आमाले अध्यक्षलाई फोन गर्न भनेको पनि आफुहरुले सुनेको बताए । युवतीको आमाले वडाध्यक्षलाई फोन गरेर २, ३ गाडी मगा भनेर भनेको आफुहरुले सुनेको बताए । लकडाउनको बेलामा किन नवराजले यस्तो कनि डिसिजन गर्यो भन्ने आफुलाई थाहा नभएको बताए । करिब तीन वर्ष देखि उनीहरुको बिचमा प्रेम रहेको भन्ने कुरा आफुहरुलाई थाहा भएको बताए । एसइइ दिने बेलामा पनि नवराज युवतीको कोठामा गएर बसेको उनीहरुको भनाई छ ।

गाउँलेले हा’निरहेकै बेलामा २ जना प्रहरी आएर आफुहरुलाई बचाएको बताए । पछि अरु प्रहरी थपिएर १२ जनालाई नियन्त्रणमा लगेको बताए । प्रहरीले नियन्त्रणमा लिएपछि आफुहरु अब म र्ने भैयो भन्ने लागेको र अरु साथी बाँचे भन्ने लागेको बताएका उनीहरुले पछि साथीहरुको निधन भएको खबरले दुख लागेको बताए । गाउँलेले वेहुला र उसका ३ जना साथी खै भन्दै सोधेका थिए । उनीहरुले नवराज र ति साथीलाई लक्षित गरेर आक्रमण गरेको उनीहरुको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्