जिस्का जिस्कीमै युके जाने राजनको भयो ह’त्या

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार ११:२८


इटहरी । इटहरीमा एकजना युवक गएराति ह त्या भएको छ । सामान्य विषयमा वि’वाद हुँदा उनको ह त्या भएको हो । मापसे गरेका राई र स्थानीय केही युवाबीच सामान्य विवाद हुँदा  उनको ह त्या भएको प्रहरीको निश्कर्ष छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरीका अनुसार राजन राईकै घरमा तीनजना बसेर मा’पसे गरेका थिए । मा’पसे गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको रहेछ ।

प्रहरीका अनुसार घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँ’सले हा नेको दृश्य देखिएको छ । ६ जनाको सा’मूहबीच झ ग’डा भएको र जसमा छुट्याउने तीनजना रहेको उक्त फुटेजमा देखिएको छ । घटनामा संलग्न राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मा’पसे गरेका थिए । मा’पसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्दाजी २० वर्षीय प्रज्वल तामाङले पछाडिबाट प्र’हा’र गरेका थिए । पछि राजन भु’ईँ’मा ल डेपछि छु री’ले ती’न–चा’रपटकसम्म प्र हा’र भएको प्रहरीको निश्कर्ष छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरे पनि घटनामा संलग्न थिए । उनीहरु अहिले फ’रार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका राजनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै निधन प्रतिष्ठानले पुष्टि गरेको छ ।

भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई ‘कु’टेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ । जिस्किँदा जिस्कदै उनीहरुबीच सामान्य विषयलाई ठूलो बनाइएको र त्यसपछि छु रा प्र’हार गरी  गरिएको प्रहरीको बुझाई छ ।  प्र’हार हुनुभन्दा अगाडि अनिल, लक्ष्मण र खिलानाथले ‘झ’डप हुन नदिन छुट्याउने प्रयास गरेपनि राजन माथि प्र’हा’र भएको थियो ।

मृतक राजन गत फागुनमा मात्रै युकेबाट आएका थिए । लकडाउन अवधि सुरु भएको केही सातामै युके जाने भिसा थियो । तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए । तरहराका भीम राईका छोरा राजनसहित परिवार नै युकेमा बस्दै अएका थिए । फागुन अन्तिममा युकेबाट एक महिनाको विदामा आएका राजनको यो घटना भएपछि अहिले परिवारजन वि’क्षिप्त बनेका छन् ।

यो पनि : पश्चिमी सीमा नाका हुँदै एक हजार भारतीय नागरिक घरतर्फ लागे

जिल्लाका विभिन्न इँटा भट्टालगायतका क्षेत्रमा काम गर्दै आएका एक हजारभन्दा बढी भारतीय नागरिक सीमा नाका हुँदै भारत गएका छन् । वैधानिकरूपमा सीमा नाका गड्डाचौकी खुला गरिएपछि छ दिनको अवधिमा ती भारतीय नागरिक सो नाका भएर घर गएका हुन ।

भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सीमा नाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयले उपलब्ध गराएको विवरणानुसार आइतबार १०७, शनिबार २६२, शुक्रबार १७८, मङ्गलबार ८६, बुधबार २५४ र बिहीबार १७१ भारतीय नागरिक सीमा नाका हुँदै घर गएका हुन् । सीमा नाकामै स्वास्थ्य जाँच गरी भारतीय नागरिकहरुलाई भारततर्फ पठाइएको हो । भारत जाने नागरिकमा पुरुष, महिला र बालबालिका रहेका छन् ।

यसैगरी सीमा नाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै १७ नेपाली फर्केका छन । आइतबार तीन हजार ५८, शनिवार तीन हजार ७५२, शुक्रबार दुई हजार ७७८, बिहीबार दुई हजार ४०५, बुधबार एक हजार ५८६, मङ्गलबार ६९० र सोमबार दुई हजार ६३७ नेपाली भारतबाट पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै घर फर्केका छन् ।

व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फाराम भर्ने, तापक्रम नाप्नेलगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सीमा नाका प्रवेश गराइएको हो । सीमा नाका प्रवेश गराइएकालाई खाना नास्ताको व्यवस्था गरिएको थियो । उनीहरूलार्ई सामाजिक दूरी कायम गर्न लगाई ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वान्रेन्टिनमा पठाउन यातायातका साधनको व्यवस्था गरिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्