दाङमा एक गुण्डाले देखाए यस्तो तमासा

प्रकाशित मिति : १९ जेष्ठ २०७७, सोमबार १५:३४


घोराही, १९ जेठ । नदिको धारनै परिवर्तन हुनेगरी दोहन गर्ने एक जना गुण्डा नाइके भनेर चिनिने ब्यक्तिलाई स्थानियले लखेटेका छन् । दाङ जिल्लाको देउखुरीमा स्थानियले शनिबार गुण्डा नाइके विकास पुनसहितको समूहलाई लखेटेका हुन् । प्रहरी प्रशासनलाई समेत अटेर गरेर नदि दोहन गर्ने काममा सकृय उनको टोलीलाई धपाउन स्थानिय लाठी लिएर पुगेका थिए ।

राप्ती नदीमा डोजरहरू प्रयोग गरी अबैध उत्खनन् गरेर ठूला खाल्डा बनाइएका छन् । जसका कारण नदिको धार नै परिवर्तन भएर कटानको समस्या बढ्दै गएको छ । स्थानियले बारम्बार यस विषयमा कुरा उठाउँदा पनि सुनुवाई हुन सकेको थिएन । सोही क्रममा डोजर लिएर नदि किनारमा गएका ठेकेदार पुनको समुहलाई स्थानियले नै लखेटे । त्यस क्रममा स्थानीय र ठेकेदार पक्षबीच झडप समेत भएको छ ।

गढवा गाउँपालिका क्षेत्रका ठेकेदारले गढवा १ मलमला क्षेत्रको राप्ती नदीमा स्काभेटर प्रयोग गरी गहिरा खाडल बनाइएको हो । नदीको धारनै बदल्ने गरी दोहन गर्न थालेपछि स्थानीयले त्यस विरुद्ध उत्रिएका हुन् ।

गढवा गाउँपालिकाअन्तर्गतका हात्तीढुंगा, टहंडा, धोद्रेखोला, कालाकाटे, जुरौनी, मलमला, बडहरा तथा राप्ती गाउँपालिकाको भालुबाङ, पाखापानी, कटाहा, खुरुरिया, बसन्तपुर लगायतका बस्तीहरूबाट झण्डै ७ सय जनाले नारा जुलुस गर्दै अबैध उत्खनन् गर्नेहरूको विरोध गरेका थिए ।

नदीबाट स्काभेटर हटाउने क्रम्मा ठेकेदार पक्षका झण्डै १०० व्यक्तिहरूले ठूला लाठीहरूमा काँटी ठोकेर प्रतिकार गर्दा प्रहरीलाई छुटाउन हम्मे हम्मे परेको थियोे । केही समय दुबै पक्षबीच झडप हुँदा गढवा गाउँपालिकाका ठेकेदार पक्षले आफ्ना स्काभेटर र टिप्पर हटाएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्