झण्डै १० लाख बराबरको राहत सामाग्री वितरण गरियोः अध्यक्ष थापा

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १०:१७


ललितपुर । लकडाउनको कारण अप्ठ्यारोमा परेकाहरुलाई एकता बहुउद्येश्य सहकारी संस्था ललितपुर कुमारीपाटीले निरन्तर रुपमा राहत वितरण गर्दै आईरहेको छ । लकडाउन लागेको झण्डै २ हप्ता यतादेखि नै यो संस्थाले राहत वितरण गर्दै आईरहेको हो ।

संस्थाका अध्यक्ष हेमन्त थापा मगरले लकडाउन लागेदेखि आफुहरुले आवश्यकता अनुसार कसैलाई नास्ता, कसैलाई साँझ बिहानको खाना, कसैलाई माक्स तथा स्यानीटाईजर त कसैलाई दालचामल उपलब्ध गराएर सहयोग गर्दै आएको बताएका छन् ।

ताजाखबरसंग कुराकानी गर्दै उनले भनेका छन्,‘हामीले लकडाउन लागेको २ हप्ता बितेदेखि अप्ठ्यारेमा परेका र हाम्रो सम्पर्कमा आएका सबैलाई निरन्तर सहयोग गर्दै आईरहेका छौं ।’ उनले भने,‘विशेषगरी हामीले सडकमा बसी रहेका, बृद्ध आश्रममा बसेका, त्यसैगरी बन्दी गृहहरुमा र अन्य अप्ठ्यारोमा परेका सबैलाई, नास्ता र खाद्यान्न सामाग्री उपलब्ध गराएर सहयोग गर्दै आईरहेका छौं ।’

अहिलेसम्म आफुहरुले २१८ परिवारलाई राहत बाँडिसकेको उनले जानकारी दिएका छन् । त्यसरी राहत बाँड्ने क्रममा ललितपुरको चाकामकलमा १ सय १२ परिवार, त्यसैगरी ललितपुरकै थसिखेलमा रहेको लर्डबुद्ध अर्फनएज होमका बालबालिका, रानी बन शान्ति बालगृहका अनाथ बालबालिका, ललितपुरको हरीसिद्धिमा रहेको साना प्रयास नेपाल बालआश्रमका बालबालिका, हरीसिद्धिकै मार्था होममा रहेका बृद्ध आमाहरु, त्यसैगरी खुमलटार स्थित मञ्जु श्री बृद्धाश्रमका आमाहरु, बन्दी सहायता नेपालमा भएका बच्चाहरु लगाएत छोरी नामक संस्था, भक्तपुरको बोदी, रत्नपार्क र लगनखेलमा बसेकाहरुलाई नास्ता र राहत बाँडेको उनले बताए ।

कुराकानीकै क्रममा अध्यक्ष थापाले झण्डै १० लाख बराबरको राहत सामाग्री वितरण गरिएको जानकारी दिएका छन् । अध्यक्ष थापाले राहत संकलनकालागी आफुहरुसंग आर्थिक रुपमा कोरियन संस्था कोईका, दुरनदुरन, ए डब्लु बि।एन गरी तीन वटा संस्थाले सहकार्य गरेको बताएका छन् ।

उनले राहत सामाग्री अन्तरगत एक परिवारलाई २५ केजी चामल, २ केजी दाल, १ लिटर खाने तेल, १ केजी चीनी, त्यसैगरी १ केजी नुन, १ प्याकेट साबुन, बाँडिएको बताए । त्यसैगरी ४ पीस ब्रेड ४ पीस माक्स, स्यानीटाईजर प्याड २ पीस पनि बाँडेको अध्यक्ष थापाले जानकारी दिएका छन् । त्यसैगरी नास्ताकोलागी बाँडिएको ब्रेड सेटमा १ प्याकेट ब्रेड, रियल जुस १ बोतल, माक्स १ पीस गरी ३ हजार सेट ब्रेड वितरण गरिएको उनले जानकारी दिएका छन् । उनले आफुहरुले पारदर्शी रुपमा राहत बाँड्दै आएको बताए ।

 

 

 

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्