टिभी हेर्न बोलाएर हेमराजले गरे करणी, आमा रुँदै मिडियामा

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १७:५९


दाङ । घरवाट नजिक काममा गएका बेलामा छिमेकी हेमराज विकले एक युवतीलाई करणी गरे । जव उनले त्यो घटनाका बारेमा आफ्ना अभिभावकलाई भनिन् घटना प्रहरी कहाँ पुग्यो । प्रहरीकहाँ घटना गएपछि हेमराज विकका परिवार पैसा दिएर मिलाउने कोशिष गरे । यो घटना दाङको हो । घोराही नगरपालिका १० कि यि युवती घर नजिकै कामका लागि गएकी थिइन् । सोही मौकामा ति युवकले यि युवतीलाई करणी गरे ।

यस्तो घटनामा पनि परिवारका सदस्य भने पैसा दिएर मिलाउन तिर लागे । हेमराजका बुवा पैसा दिएर घटना मिलाउँ भन्दै आए । युवतीका परिवारका सदस्य भने मानेनन् । वैशाख १८ गते ति युवती काममा गएकी थिइन् । हेमराज उनी युवतीकै छिमेकी हुन् । हेमराजको आमा काममा गएकी थिइन् । हेमराज एक्लै घरमा थिए । उनले ति युवतीलाई आउ एक छिन टिभी हेर्न आउ भनेर बोलाए । संधै जाने आउने घरमा त्यस्तो होला भन्ने कल्पना पनि गरेकी थिइनन् । तर हेमराजले उनी माथि कुदृष्टि राखे । घर आउँदा छोरी रगत लतपतिदै आएको देखेपछि आमाले के भयो भनेर सोधिन् । आमालाई उनले सबैकुरा बताएपछि घर परिवारमा सबै कुरा थाहा भयो ।

आफ्नो अपागं छोरी माथि त्यस्तो कुकर्म गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने ठानेर उनले प्रहरीमा जाहेरी दिइन् । वैशाख १८ गते त्यस्तो घटना भएपछि उनले भोलीपल्टै गएर हेमराजको परिवारमा गएर त्यो कुरा राखिन् । हेमराजको बुवाआमाआले हामी मिलौला कसैलाई नभन्नु भनेर सम्झाएर पठाए । तर उनीहरुले नै त्यसपछि केही वास्ता गरेनन् । त्यस पछि प्रहरीकहाँ गएको उनले बताइन् । आफुहरु विपन्न भएका कारण प्रहरी र छिमेकीले पनि सो घटनालाई प्राथमिकता नदिएको बताए । जेठको १ गते प्रहरीमा उजुरी दिएपनि त्यसको सुनुवाई नभएको बताइन् । यो घटनााम तपाइहरु मिल्नुस् भनेर भन्न केही पत्रकार पनि आएको युवतीको आमाले बताएकी छन् । शुस्त मनस्थितिकी यि युवती ४ कक्षामा पढ्छिन् । घटना भएको यति दिन हुँदा पनि उनले त्यो दिन विर्सन सकेकी छैनन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्