काठमाण्डौ, भक्तपुर सहित देशका यी ठाउँमा देखिए आज २ सय ८८ जनामा कोरोना संक्रमित !

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १७:४५


काठमाडौं— मंगलबार देशभर थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यीमध्ये ६ जना काठमाडौं उपत्यकामा रहेका व्यक्तिहरू हुन्। काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा कार्यरत चार स्वास्थ्यकर्मी अन्य २ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षिय तीन महिला र २८ वर्षे एक पुरुष महिलामा संक्रमण देखिएको हो।

डा देवकोटाका अनुसार काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ भने धादिङ घर भएर काठमाडौंको एक अस्पतालमा उपचाररत एक जना महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी भक्तपुर चाँगुनारायणका एक व्यक्तिमा समेत कोरोना संक्रमण भेटिएको छ। मन्त्रालयका अनुसार केएमसीका ४ जनासहित १७ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। प्रवक्ता डा विकास देवकोटाले सबै स्वास्थ्यकर्मीको अवस्था सामान्य रहेको जानकारी दिए।

संक्रमित हुनेमा रौटहटका ३८ जना, स्याङ्जा चापाकोटका ५ जना, झापा फलेबास महाशिला क्‍वारेन्टाइनका ५ जना, सप्तरी रामगढका १ जना, बर्दिया गुलरियाका ३ जना, बाँके खजुरा, नरैनापुर र राप्ती सोनारीका १७ जना, सुर्खेतका २७ जना, दैलेखका ९ जना, सल्यानका १८ जना, अछामका १० जना र बाराका १ जना रहेका छन् ।

त्यसैगरी दाङका १७ जना, प्युठानका १ जना, कञ्चनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना, महोत्तरीका २ जना, रौटहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङका १ जना, कपिलवस्तुका १६ जना, नवलपरासी पूर्वका १ जना, नवलपरासी पश्चिमका १ जना, नुवाकोटका २ जना र रुपन्देहीका १० जनामा कोरोनाको संक्रमण देखिएको हो ।

२४ घण्टामा डिस्चार्ज हुनेमा थप ४५ जना रहेका छन् । शिक्षण अस्पतलमा उपचाररत मकवानपुरकी एक महिला, गुल्मी अस्पतालबाट १ जना, भीम अस्पतालबाट २५ जना, कपिलवस्तुका ९ जना, सुनसरीका १ जना र झापाका १७ जना डिस्चार्ज भएका हुन् । यसरी डिस्चार्ज हुनेको संख्या २६६ रहेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख १६ हजार ३४५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ७५ हजार ३ सय ४३ परीक्षणहरु गरिएका छन् ।हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्