पोईल गएपछि छोरीको ह’त्या

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार १८:१८


एजेन्सी । एकजना पाको उमेरका पूरुषसंग पोइल जाने आफ्नी किशोरी छोरीको पिताद्वारा सामाजिक प्रतिष्ठाको नाममा भएको ह त्यालाई लिएर इरानमा ठूलै तनाव सिर्जना भएको छ । पुरुष प्रधान समाज रहेको इरानको यस संस्थागत हिं साको स्थानिय संचार माध्यमले निकै विरोध जनाएको छ ।

इरानी अखवार इव्तेकारले पहिलो पृष्ठमा नै ‘ असुरक्षित पिताको घर ’ शिर्षकमा खवर छापेको छ । स्थानिय संचार माध्यमका अनुसार गत २१ मेमा उत्तरी गिलान प्रान्तको तालेश शहर स्थित आफ्नै घरमा सुतिरहेकी रोमिना आसराफीको उनकै पिताले टा उको का टेर ह त्या गरेका थिए ।

आफुभन्दा १५ वर्षले जेठो व्यक्तिसंग पिताले विवाह गर्न अनुमति नदिएपछि रोमिनाले भगेर विवाह गरेकी थिइन् । तर उनका पिताले यसबारे प्रहरीलाई उजुरी गरेपछि उनी अन्तत घर फर्केकी थिइन् । इरानमा महिलाहरुको वैधानिक रुपमा विवाह गर्नका लागि १३ वर्ष पुगेको हुनुपर्छ । छोरी मा र्ने पितालाई तीनदेखि दश वर्ष सम्म कैद संजाय हुनसक्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्