भारत छोडेर अभिनेत्री मनिषा कोइराला आजै आफ्नो परिवारसहित नेपाल आईन्

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २१:२३


भैरहवा । अभिनेत्री मनिषा कोईराला स्थलमार्गबाट भैरहवास्थित बेलहिया नाका हुँदै नेपाल आएकी छन् । मंगलबार उनी उक्त नाका हुँदै नेपाल आएकी हुन् ।

अभिनेत्री कोईराला बेलहिया नाकाबाट नेपाल फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा भारतबाट आफ्नै देश नेपाल आएकी छन् ।
सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छु । प्रजिअ पन्थले भने, ुजिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।ु

मनिषको पछिल्लो अभिव्यक्तिलाई लिएर अन्य कतिपय भारतीय च्यानल व्यक्तिगत दोषारोपणमा उत्रिएका थिए। लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई विवादमा तानेका थिए ।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

मनिषाले नेपाल सरकारले हालै परिस्कृत नक्सा जारी गरेकोमा खुसी व्यक्त गर्दै यस्तो प्रस्ताव गरेकी थिइन् । सरकारले नयाँ नक्सा पास गरेको भोलिपल्टै मनिषाले यस्तो जनाएकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्