अभिनेत्री मनिषा कोइराला परिवारसहित भारत छोडेर नेपाल आइन !

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलवार २१:४७


भैरहवा । अभिनेत्री मनिषा कोइराला नेपाल आएकी छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गरेको एउटा ट्वीटलाई रिट्वीट गरेका कारण भारतीय मिडियाद्धारा निकै आलोचित हुँदा अभिनेत्री मनिषा भारतमै थिइन् । उनी परिवारका साथमा स्थलमार्गबाट भैरहवा (बेलहिया) नाका हुदै नेपाल भित्रिएकी छन् ।

उनको वुवा प्रकाश कोइरालाले वैशाखको दोस्रो साता नै नेपाल फर्कने योजना भएपनि लकडाउनका कारण फर्कन नपाएको बताएका थिए । हवाई मार्ग नखुलेका कारण उनीहरु स्थलमार्ग हुँदै स्वदेश फर्किएका हुन् ।लम्पियाधुरासहितको नेपालले नक्सा सार्वजनिक गरेपछि उनले दिएको प्रतिक्रियालाई लिएर भारतीय संचारमाध्यमले उनलाई तारो बनाएका थिए । भारतीय मिडियामा आएका विषयमा भने मनिषाले कुनै प्रतिकृया दिएकी छैनन् ।

मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले पुष्टि गरेका छन् । उनी आफ्ना बुवा र आमासंगै नेपाल भित्रिएको बताइएको छ । सिमानामा आइपुगेका मनिषाको परिवारलाई नेपालवाट गएको अर्को गाडीले सिमानावाट तत्काल नेपाल भित्र्याएको थियो ।

उनीहरु केही समय क्वारेन्टाइनमा बस्ने छन् । क्वारेन्टाइनका लागि होटलमा ब्यवस्था गरिएको छ । मनिषाको एउटा रिट्वीटका कारण भारतीय मिडियामा निकै तुच्छ शब्दमा उनको आलोचना भएको थियो । मनिषा विरुद्ध भारतमा भएको त्यस्तो आलोचनाको विरुद्ध नेपालमा भने आइ एम विथ मनिषा अभियान नै संचालन भएको थियो । सामाजिक सञ्जालमा सो अभियान ट्रेण्डिगंमा पुगेको थियो । नेपाली कलाकारहरुले पनि मनिषाको पक्षमा अभिब्यक्ति दिएका थिए ।

उनीहरुले मनिषाले त्रीपक्षीय वार्ता गर्नुपर्ने विषय उठाएकोमा पनि आपत्ति जनाएका थिए । मनिषाले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नयाँ नक्सा जारी गरेपछिको ट्वीटमा रिट्वीट गर्दै आफ्नो धारणा पनि लेखेकी थिइन् । उनले ट्वीटरमा लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा तपाईँलाई धन्यवाद । अब तीन महान राष्ट्रहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवाद भएकको हेर्न हामी सबै इच्छुक छौँ ।’

सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा ९राजनीतिक तथा प्रशासनिक० जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्