प्रेमीको अर्कैसँग अफेर रहेको थाहा पाएर बलिउड नायिकाले गरिन् देहत्याग

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार ०८:५९


मुम्बई : बलिउड की एक नायिकाले देहत्याग गरेकी छन् । बलिउड की नायिका चन्दना गोडाले वि ष खाएर देहत्याग गरेकी हुन् । २९ वर्षीया चन्दनाले कर्नाटकको बेंगलुरुस्थित आफ्नै घरमा देहत्याग गरेकी हुन्। प्रेमीबाट धोका पाएपछि चन्दनाले देहत्याग गरेको भारतीय प्रहरीले बताएको छ । देहत्याग गर्नुअघि उनले एउटा भिडियो रेकर्ड गरेकी थिइन् । जसमा उनले प्रेमीमाथि धोका दिएको आरोप लगाएकी छन्।

देहत्याग गर्नुअघि उनले सो भिडियो आफ्ना प्रेमी र परिवारका सदस्यलाई पनि पठाएकी थिइन्। चन्दनाको भिडियो पाए लगत्तै परिवारले नायिकाका छिमेकीलाई जानकारी दिएर यथार्थ बुझ्न भनेको थियो।

चन्दनालाई छिमेकीले अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरे। चन्दना दिनेश नामका एक युवकसँग केही वर्षदेखि अफेयरमा रहेको कुरा बुझिएको छ । प्रेमीसँग विवाहको कुरा निकाल्दा उनका प्रेमी दिनेशले सधैं केही न केही बहाना बनाएर टार्ने गरेको कुरा पनि उक्त भिडियोमा उनले मर्नु अघि खुलाएकी छन् ।

देहत्याग गर्नुअघिको उनको भिडियोमा नायिका चन्दनाले दिनेशको अर्की महिलासँग पनि अफेयर भएको बताएकी छन्। दिनेशले दिएको धोका सहन नसकेर आफूले ज्यान दिएको बताएकी छन्। चन्दनाको देहत्याग पछि उनका प्रेमी फरार छन्।

https://www.youtube.com/watch?v=wR-HpEVJn70

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्