गगन थापा र श्रीमती अन्जना केसी थापाको बिषयलाइ लिएर बिचमा किन आइन नायिका निशा ? दीइन धम्कि !

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १५:४४


काठमाडौं । भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशा अधिकारीले पत्रकारलाई धम्की दिएकी छन् । करिब एक वर्ष अघि क्यानडानेपालले कांग्रेस नेता गगन थापा र उनकी पत्नी डा. अन्जना केसी थापासँग लिएको भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशाले पत्रकारलाई ध’म्की दिएकी हुन् ।

सन् २०१९ जुलाई २०मा क्यानडानेपालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको गगन थापा र उनकी पत्नी अन्जनाको अन्तर्वार्तामा दर्शकले गरेको कमेन्ट नहटाएको भन्दै नायिका निशाले क्यानडानेपाल डटकमका पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका सदस्य मदन रिजाललाई ध’म्की दिएकी हुन् ।

१० महिनासम्म पनि अन्जनाविरुद्ध आएका नराम्रा कमेन्ट नहटाएको भन्दै आक्रोशित भएकी उनले पत्रकार रिजाललाई १५ मिनेटभित्र कमेन्ट हटाउन अल्टिमेटम दिएकी हुन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको प्रतिवाद गर्न शून्य सहनशीलताको अभियान चलाइरहेकी नायिका निशाले युट्युबमा आएका कमेन्ट हटाउन पत्रकारलाई ध’म्की दिएकी हुन् । उनले १५ मिनेटभित्रमा कमेन्ट नहटाए कानुनी बाटो पनि रोज्ने बताएकी पीडित पत्रकार रिजालले जानकारी दिए ।

पत्रकार तथा सञ्चार माध्यमले आफूले पस्कने सामग्रीमा सचेत र सावधानी रहनु पर्ने हुन्छ । तर, पाठक वा दर्शकको कमेन्टलाई लिएर ध’म्की आउनु दुखद् भएको चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले बताए ।

काठमाडौं । भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशा अधिकारीले पत्रकारलाई धम्की दिएकी छन् । करिब एक वर्ष अघि क्यानडानेपालले कांग्रेस नेता गगन थापा र उनकी पत्नी डा. अन्जना केसी थापासँग लिएको भिडियो अन्तर्वार्तामा दर्शकले गरेको कमेन्टको विषयलाई लिएर नायिका निशाले पत्रकारलाई ध’म्की दिएकी हुन् ।

सन् २०१९ जुलाई २०मा क्यानडानेपालको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको गगन थापा र उनकी पत्नी अन्जनाको अन्तर्वार्तामा दर्शकले गरेको कमेन्ट नहटाएको भन्दै नायिका निशाले क्यानडानेपाल डटकमका पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका सदस्य मदन रिजाललाई धम्की दिएकी हुन् ।

१० महिनासम्म पनि अन्जनाविरुद्ध आएका नराम्रा कमेन्ट नहटाएको भन्दै आक्रोशित भएकी उनले पत्रकार रिजाललाई १५ मिनेटभित्र कमेन्ट हटाउन अल्टिमेटम दिएकी हुन् । सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको प्रतिवाद गर्न शून्य सहनशीलताको अभियान चलाइरहेकी नायिका निशाले युट्युबमा आएका कमेन्ट हटाउन पत्रकारलाई धम्की दिएकी हुन् । उनले १५ मिनेटभित्रमा कमेन्ट नहटाए कानुनी बाटो पनि रोज्ने बताएकी पीडित पत्रकार रिजालले जानकारी दिए ।

पत्रकार तथा सञ्चार माध्यमले आफूले पस्कने सामग्रीमा सचेत र सावधानी रहनु पर्ने हुन्छ । तर, पाठक वा दर्शकको कमेन्टलाई लिएर धम्की आउनु दुखद् भएको चलचित्र पत्रकार संघ नेपालका महासचिव समीर बलामीले बताए । नायिका निशाले हटाउन भन्दै पठाएको कमेन्टको स्क्रिनसट

 

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्