प्रेमिकाले फोन गरेर बोलाएपछी, नुहाएर भेट्न पुगेका गुरु फर्केनन् (भिडियो)

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहीबार १८:५१


काठमाडौं । सालीको घरमा बस्न गएका एक युवक मृत फेला परेका छन् । स्थानियले उनको स्वभाविक निधन नभएको भन्दै घटनाको अनुसन्धान गर्न माग गरेका छन् । युवकको शव जंगलमा झु ण्डिएको अवस्थामा फेला परेको थियो । यो दागंको घटना हो । रुकमको घटना सेलाउन नपाउँदै फेरी दाङमा अर्को घटना भएको छ । वजार जान्छु भनेर आन्टीको घरमा गएका उनी चार दिन सम्म पनि फेला परेनन् । घर परिवारका सदस्यको मनमा शंका लाग्यो, यो युवतीकै कारण भएको हो । उनले कतै आफ्नो छोराको ज्यान लिए की भन्ने लाग्यो । दाङका गुरु प्रसाद भण्डारीको घरमा यस्तो विपद आएको हो ।

चार दिन पछि शव फेला परेपछि पुगेको प्रहरीले मुचुल्का नउठाई शव उठाएर लगेको र किटानी जाहेरी दिन लाग्दा पनि प्रहरीले उजुरी नलिएको युवकका बुवाको भनाई छ । उनले आफ्ना छोराको निधनमा प्रेमीकोको हात भएको बताएका छन् । केटीको वारम्बार फोन आउने गरेको बुवाको भनाई छ । उनले आफुले नजिकै अर्को साथीको घरमा बस्न आएको बेलामा आफुले टाढावाट देखेको बताए । छिमेकी युवती उनको साथी भएका कारण बेलाबेलामा त्यहाँ आउने गरेको उनको भनाई छ ।

उनले युवतीले बोलाएर आफ्नो छोरालाई ह त्या गरेर रुखमा झु ण्ड्याएको आशंका छ । आमा वितेका कारण उनले पढ्न पनि पाएनन् । श्रीमती गुमाएका युवाका वुवाले त्यसको २ वर्षमा २१ वर्षका जवान छोरा पनि गुमाएका छन् । साली (केटाको आन्टी) को घरमा जेठ ५ गते बस्न गएका उनी ९ गते मृत फेला परेका हुन् । युवतीको घर पनि आफ्नो सालीको घर तिरै छ भन्ने सुनेका उनले त्यही नजिकै जंगलमा छोरा खोज्न गएका थिए । छोरा सालीको घरमा जाँदा केटीको घर हुँदै गएको रहेछ, ५ दिन सम्म पनि घर फर्केर नआएपछि मैले सालीलाई फोन गरें, सालीले छोरा यहाँ छैन भनेर भनेपछि आफुहरु खोज्न गएको बताएका छन् ।

त्यस्तै रुकुम जाजरकोट घटनामा मिडियामा विभिन्न कुरा आइरहँदा अहिले नवराज विकका सबै परिवारले सो घटनामा निष्पक्ष छानविनको माग राखेका छन् । घटनालाई राजनीतिकरण गरिन लागेको र तथ्यलाई अन्ते मोड्न लागेको भन्दै उनीहरुले निष्पक्ष छानविनको माग राखेका छन् । उनीहरुले युवती गर्भवती भएको फेरी दावी गरेका छन् । उनीहरुले ति युवती आफ्नो घरमा आउँदा युवतीले गरेको गतिविधिको बारेमा पनि केही कुरा बताएका छन् । नवराजका बहिनीहरुले आफुलाई पनि मैयाँ साहेव भन्दै सम्बोधन गर्ने गरेको पनि बताएका छन् ।

बहिनीहरु र आमाले युवतीको स्वास्थ्य परिक्षण गर्न पनि माग गरेका छन् । उनीहरुले नवराजलाई युवतीले नै आफु गर्भवती छु छिटो लिन आउ भनेर बोलाएका कारण नवराज लिन गएको दावी गरेका छन् । उनीहरुले युवतीको भाई र भाउजुले दिएको सार्वजनिक अभिब्यक्तिको खण्डन गरेका छन् ।

उनीहरुले घटनामा अझ धेरै संलग्न भएको भन्दै सबैलाई कारवाहीको भागीदार बनाउनुपर्ने माग गरेका छन् । घटनामा १८ जना मात्र पक्राउ परेको सुनिएको छ । दुई जना पक्राउ गर्न खोजिरहेको भन्ने सुनिएको छ । तर त्यती मात्र घटनामा संलग्न भएका होइनन् । करिब डेढ सय मानिसले ल’खेटेका छन् । त्यो घटनामा धेरै मानिस संलग्न छन् सबैलाई कारवाही गर्नुपर्छ ।

उनीहरुले यो घटनाका कारण लामो समय सम्म रिसिइवी हुने भएकाले घटनालाई खेलाची गर्न नहुने बताएका छन् । १९ जनालाई २० जनाले मात्र यति ठूलो घटना गराउन नसक्ने भन्दै दोहोरो झडप भएको भए रुकुमका पनि घाइेत हुनुपर्ने एका पट्टीका मानिस मात्र किन निधन भयो ? उनीहरुको प्रश्न छ । उनीहरुले भेरीमा आफै पसेको भए उनीहरु पौडिएर निस्कन सक्ने तर्क राखेका छन् । नवराजको आमाले फेरी पनि युवतीको गर्भ छ भने त्यो आफुहरुलाई चाहिने कुरा दोहोर्याएका छन् । उता युवतीको भाउजु र भाईले भने त्यसको खण्डन गरेका छन् ।

त्यस्तै सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८, सोतीमा यही जेठ १० गते भएको घटनाका अभियुक्त १८ जनालाई जिल्ला अदालत रुकुम९पश्चिम०ले आज म्याद थप गरेको हो । जिल्ला प्रहरी कार्यालयले ११ दिनको म्याद माग गरेकामा अदालतले अभियुक्तलाई १० दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।

मृतकका परिवारले घटनामा संलग्न रहेको भन्दै २० जनाका नाममा किटानी जाहेरी दिएपछि प्रहरीले चौरजहारी–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित दुई पटक गरी १८ जनालाई पक्राउ गरेको छ । दुई जना भने हालसम्म पक्राउ पर्न सकेका छैनन् । घटनामा छ जनाको निधन भएको थियो । पहिलो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि घटनाको थप अनुसन्धान आवश्यक रहेकाले दोस्रो पटक म्यादका लागि अदालतसमक्ष माग गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । यी दुइ घटनाको भिडियो तल हेर्नुहोला

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्