संसदमा सांसदहरुबीच नै हिलो छ्यापा छ्याप, चीन र भारतको जासुस भएको आरोप (भिडियो हेर्नुस्)

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १५:२१


काठमाडौं, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले आफुमाथि लगाइएको आरोपको गम्भिर खण्डन गरेकी छन् । उनलाई गएको १९ गते नेकपाका सांसद गंगा चौधरीले उनलाई भारतको जाजुस भएको आरोप लगाएकी थिइन् ।

नेपालको नयाँ नक्सा जारी भएपछि सांसद गिरीले दिएको प्रतिकृया माथि टिप्पणी गर्दै उनले यस्तो आरोप लगाएकी थिइन् । गिरीले भारतसंग नसोधी नेपालले नयाँ नक्सा जारी गर्न नहुने बताएकी छन् भन्ने वाहिरिएको समाचारका आधारमा गंगाले त्यस्तो आरोप लगाएकी थिइन् ।

सांसद गिरीले आज संसदमा बोल्दै आफ्नो विषयमा संसदमै हेट स्पिच (घृणा फैलाउने अभिव्यक्ति) दिएको भन्दै कारबाहीको माग गरेकी छन् । शुक्रबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद गिरीले आफु माथि त्यस्तो आरोप लगाउनेलाई कारवाहीको माग गरेकी हुन् ।

उनले आफुलाई भारतीय चेली चन्दै आफु माथि आरोप लगाउनेले चिनको इशारामा त्यस्तो अभिब्यक्ति दिएको आरोप लगाएकी छन् । उनले भनेकी छन्, ‘नेपालको कानुन अनुसार यो हेट स्पिच कानुनी करबाहीका लागि पर्याप्त हुन्छ । र, म गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यसलाई रेकर्डमा लिएर प्रक्रिया अगाडि बढाइयोस् ।’

उनले त्यो अभिब्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरेकी छन् । चौधरीले भारतीय चेलीले नेपालको संसदमा आएर दादागिरी गरेको र पदको मर्यादा नभएको भए भौतिक रुपमा अक्रमण गर्न सक्ने बताएको उनको आरोप छ ।

सांसद गिरीले भने आफूले नेपाल भारतबीच संवाद अगाडि बढाइयोस् भन्दा सञ्चार माध्यममा आएका समाचारका आधारमा आफुलाई गम्भिर आरोप लगाएको बताएकी छन् । सांसद गिरीले आफूलाई भारतीय दलाल भनेकोमा आपत्ति जनाउँदै अर्की सांसद चौधरीलाई पनि गम्भिर आरोप लगाएकी छन् ।

चौधरीका पति दाङको राप्ती गाउँपालिकामा चुनाव लड्दा भारु बाँडेको आरोपको प्रशंग उठाउँदै भनिन, ‘कुनै ठूलो शक्तिको आड विना कसरी आरोप लगाइयो रु कतै उत्तरी छिमेकी चीनको इशारामा त एक भारतीय चेलीमाथि आरोप लगाइएको होइन ?’आफुलाई भारतीय चेली भन्दै उनले कसैले चाँदीको चम्चामा राखेर सभासद पद नदिएको टिप्पणी गरिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्