काठमाडौंको एक अस्पतालमा उपचारार्थ २ विरामीमा कोरोना पुष्टि

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार १७:५९


काठमाडौं । काठमाडौंको अर्को एक अस्पतालमा उपचारार्थ बिरामीमा पनि कोरोना पुष्टि भएको छ । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना पुष्टि भएको बताएका थिए ।

मन्त्रालय स्रोतका अनुसार उक्त निजी अस्पताल ह्याम्स अस्पताल भएको बुझिएको छ । सो अस्पतालमा उपचारार्थ दुई बिरामी ह्याम्समा उपचारार्थ छन् । उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्यमन्त्रालयका प्रवक्ता देवकोटाले अस्पतालको नाम भने भनेका थिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना देखिएको हो। उनीहरु जुम्ला र कास्कीबाट उपचारका लागि आएका बिरामी हुन्। अस्पताल स्रोतका अनुसार एक जना बिरामीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो। उनी अस्पतालको आइसियूमा उपचाररत छन्। अर्का एक जना भने आकस्मिक कक्षमा आएका बिरामी हुन्।

ती बिरामीहरू ६० र ७६ वर्षका हुन् । पछिल्लो २४ घण्टामा देशभर दुई सय ७८ जनामा कोरोना पुष्टि भएको छ भने कुल संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्