बाँकेमा स्कुटरलाई ठक्कर दिएर जिप खेतमा पल्टियो

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार २१:५६


बाँकेको कोहलपुर नगरपालिका ८ बाबानगरमा भयानक सवारी दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ आइरहेको आइलक्स जीपले स्कुटरलाई ठक्कर दिएर जीप समेत दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । भने तीन जनाको अवस्था गम्भिर रहेको छ । बा १५ च ६५९४ नम्बरको जीपले सोही दिशाबाट नै आइरहेको भे ९ प ४४९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार गुड्दै गरेको जिपको टायर पड्कदा अनियन्त्रित भएको जिप सडक किनारमा रोकीराखेको स्कुटरलाई ठक्कर दिदैं खेतमा पल्टीएको हो । जीपले स्कुटरलाई ठक्कर दिएर सडकभन्दा तल खस्दा त्यहाँ घास काटिरहेकी महिलालाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर स्कुटर चालक कोहलपुर १० बस्ने ३४ वर्षिया सारा डिसी, पछाडी बस्ने सोही ठाउँकी ४५ वर्षिया धनमाया खडु्का र घास काटिरहेकी कोहलपुर ८ बस्ने ६० वर्षिया माया अधिकारी गम्भिर घाइते भएका छन् ।

उनीहरु सबैको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका जीप चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्