जर्ज फ्लोयडलाई घुँडाले च्यापेर ह त्या गर्ने अमेरिकी प्रहरीकी गर्भवती श्रीमतीले दिइन् ‘डिभोर्स’

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १०:१४


काठमाडौं । अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको ह त्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन्। डेली मेलका अनुसार ४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड्न लागेको बताएकी छिन्। आफूहरुबीच सुधार गर्नै नमिल्ने विषयमा मनमुटाव पैदा भएकोले सम्बन्धविच्छेद गरेको केलीले बताएकी छिन्।

केलीले आफूहरु मे २८ मा आधिकारिक रुपमा छुट्टिएको बताएकी छिन्। त्यसको तीन दिन अघि मात्रै डेरेकले जर्ज फ्लोयडको घाँ टीमा ९ मिनेटसम्म घुँडाले थि चका थिए, जसका कारण जर्जको निधन भयो। यल इस्टेट एजेन्ट केलीले आफू हाल बेरोजगार भएको बताएकी छिन् । पूर्ववत् सम्बन्धबाट दुई सन्तानकी आमाले डेरेकबाट कुनै पनि आर्थिक सहयोग नचाहेको बताएकी छिन्। ‘प्रतिवादी आफैंले आफैंलाई सहयोग गर्न सक्षम छिन्,’ सम्बन्धविच्छेदको कागजातमा लेखिएको छ।

 

लाओसबाट बाल शरणार्थीको रुपमा अमेरिका पुगेकी केलीले आफ्नो नाम परिवर्तन गर्नसमेत अदालतमा निवेदन दिएकी छिन्। मिनेसोटा अमेरिकाको सुन्दरी प्रतियोगिताकी बिजेता मिनियापोलिसको हेनेपिन काउन्टी मेडिकल सेन्टरमा रेडियोलोजिस्टको रुपमा समेत कार्यरत थिइन्। यो त्यहि अस्पताल हो जहाँ फ्लोयडलाई मृत घोषणा गरिएको थियो। यी दुईले सन् २०१० को जुन १२ तारिखमा मिनेसोटाको वासिङ्टन काउन्टीको अदालतमा विवाह गरेका थिए। उनले सोमबार त्यहि अस्पतालमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छिन्।

डेरेकको कुकृत्यको भिडियो भाइरल भएको थुप्रै दिनसम्म केली चुप बसिन्। उनले शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो सहानुभूति श्रीमानका लागि नभई मृतकको परिवारप्रति भएको बताएकी थिइन्।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्