चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको निधन

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार ११:३५


भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको निधन भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान निधन भएको हो । शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उनि २ हफ्ता अगाडी भारतबाट आएको खुलेको छ । उनलाई जोरो र खोकीको समस्या आउँदा निकै गार्हो भएपछि भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उनको केहीबेर अघि मात्र निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको निधन भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको निधन भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा निधन भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा दमको रोगसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्