लकडाउन खुकुलो पारिएका मुलुकमा कोरोना संक्रमण झन् बढ्न थाल्यो भन्दै डब्लुएचओले दियो नखोल्न सुझाव !

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १३:२८


कोरोना भाइरस ९कोभिड १९० बाट विश्वभर निधन हुने व्यक्तिको संख्या ३ लाख ९८ हजार २६० पुगेको छ भने, संक्रमितको संख्या ६८ लाख ५१ हजार ७१७ पुगेको विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३३ लाख ५१ हजार ४०६ जना निको भएका छन्। । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख २ हजार ५१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ६५ हजार ९१२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको निधन भएको छ ।

दक्षिणमा अमेरिकामा १० लाख ७२ हजार ७९२ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४७ हजार ४६३ जनाको निधन भएको छ । उत्तर अमेरिकामा २२ लाख २९ हजार १७६ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३३ हजार ९७२ जनाको निधन भएको छ ।

युरोपमा २० लाख ६२ हजार १६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७७ हजार ९६० को निधन भएको छ । एसियामा १२ लाख ९८ हजार ६६७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३३ हजार ७८४ जनाको निधन भएको छ ।

अफ्रिकामा १ लाख ७९ हजार ३३७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ९४२ जनाको निधन भएको छ । ओसियाना ८ हजार ८६५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको निधन भएको छ ।

यसै क्रममा विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ। संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ। यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ।

संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले हाल मध्य, दक्षिण र उत्तर अमेरिका भाइरसको केन्द्रबिन्दु भएको बताएकी छन्। ‘हो, हामीले विश्वका केही मुलुकमा कोरोना बढिरहेको पाएका छौं। म युरोपको बारेमा मात्र भनिरहेको छैन। जब लकडाउन र सामाजिक दुरी खुकुलो हुन्छ तब मानिसहरूले यसलाई यो सकियो भनेर व्याख्या गर्नेछन्’,जेनेभाको संयूक्त राष्ट्रसंघलाई व्रिफिङ गर्दै उनले भनिन्।

‘यो सकिएको छैन। संसारबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन’, उनले थपिन्। उनले अमेरिकामा १० दिन देखि जर्ज फ्लोइडको ह त्याको विरोधमा जारी प्रदर्शनलाई संकेत गर्दै प्रदर्शनकारीले सावधानी अपनाउनुपर्ने बताएकी छन्।

त्यस्तै भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन् । उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाउनुभएको लगाएका छन् ।

उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको बताए । उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन ९ देखि १० हजार सम्म संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न असफल भएको बताए ।

उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा पनि राखे । उनले लकडाउनले पनि यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाव दिएका छन् ।

भारतमा शुक्रबारमात्र ९ हजार ८५१ जना संक्रमित थपिएका थिए । यहाँ गएको २४ घन्टायता २७३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ । यहाँ यस भाइरसका २ लाख २६ हजार ७७० जना संक्रमति भएका छन् । यीमध्ये १ लाख १० हजार ९६० जना पोजेटिभ छन् । अरु निको भएर घर फर्र्किएका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्