कोरोनाबाट नेपालमा थप एकको निधन

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १४:४६


नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको निधन पुष्टि भएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको निधन पछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो।

लामो समयदेखि द’मका रोगी उनी सुर्खेतबाट डोल्पा फर्कने क्रममा बाटोमै मौ’रे भन्ने ठाउँमा ग’म्भीर बिरामी परेका थिए । १८ गते डोल्पा पुगेपछि उनको आरडीटी परीक्षण गरिएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि घर लगिएका उनको २० गते निधन भएको थियो । निधन पछि संकलन गरिएको पीसीआर परीक्षणमा कोरोना सं’क्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति नि’कालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ।

योसँगै कोरोनाबाट निधन हुनेको संख्या नेपालमा १२ पुगेको छ। निधन भएको दुई दिनपछि उनको स्वाब परीक्षण गर्न प्रतिष्ठानमा पठाइएकोमा शनिबार पोजेटिभ रिपोर्ट आएको हो।

त्यस्तै चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको निधन भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान निधन भएको हो । शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उनि २ हफ्ता अगाडी भारतबाट आएको खुलेको छ । उनलाई जो’रो र खो’कीको स’मस्या आउँदा निकै गा र्हो भएपछि भरतपुर अस्पतालको कोभिड आ’ईसीयूमा भर्ना गरिएको थियो । उनको केहीबेर अघि मात्र निधन भएको अस्पतालले जनाएको छ ।

त्यस्तै खप्तड छेडेदह गाउँपालिका–७ मा क्वारेन्टिनमा बसेका एक जनाको निधन भएको छ । यही जेठ १५ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका ६५ वर्षीया वृद्धको निधन भएको हो । गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टिनमा निधन भएको वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए ।

झण्डै २५ वर्षदेखि भारतमा बस्दै आएका उनमा द’मको रो’गसमेत रहेको बुझिएको छ । मृतकको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा पठाउने र शव व्यवस्थापन गरी परिवारलाई जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए ।

कर्णालीका सात जना कोरोना जितेर घर फिर्ता

कर्णाली प्रदेशका सात जना कोरोना सङ्क्रमित उपचारपश्चात् शुक्रबार घर फर्केका छन् । कर्णाली प्रदेशमा अस्पताल सुर्खेतमा उपचार गराइरहेका उनीहरु कोरोना जितेर घर फर्केका हुन् । पुनः परीक्षणपश्चात कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका कोरोना रोग सम्पर्क व्यक्ति डा केएन पौडेलले जानकारी दिए । कोरोना रोग निको भएर घर फर्कनेमा दैलेख महाबु गाउँपालिकाका एक र छ जना सुर्खेतको रहेका छन् ।

कोरोनामाथि जित हासिल गर्नेहरुमा वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका १६ वर्षीय उमेश कठायत, वडा नं ३ तातापानीका २६ वर्षीय यामराज सोनी, वडा नं ८ का १७ वर्षीय लक्ष्मण राना, वडा नं ४ का ३७ वर्षीय धनबहादुर बस्याल, वडा नं ९ लाटीकोइलीका ११ वर्षीय रमेश सुनार र महाबु गाउँपालिका–१ दैलेखका २६ वर्षीय दीपक सावन रहेका छन् । एक महिलाको नाम र ठेगाना नखुलेको अस्पतालले जनाएको छ । कर्णालीमा शुक्रबारसम्म ४८९ मा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको कोरोना सङ्क्रमणका कारण निधन भइसकेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्