कोरोना संक्रमण नियन्त्रणका लागि हिमानी कोषले गर्यो फेरी ठुलो सहयोग !

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १७:१५


कोरोना संक्रमण नियन्त्रणका लागि हिमानी कोषले विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोषको कार्यालय बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रसुती अस्पताल थापाथली, सुदुरपश्चिमको गौरीफन्टा नाका र नेप्सेम्याक नामक फोहरमैला संकलन केन्द्रलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो ।

कोषले प्रसुति गृहलाई २ सय थान पिपिई र सोही मात्रामा N-96 मास्क, स्यानिटाईजर उपलब्ध गराएको छ । गौरीफन्टाको लागि एक सय थान पिपिई, पच्चिस सय थान सर्जिकल मास्क, ग्लोब्स तथा पन्ध्र सय कार्टुन पानी उपलब्ध गराएको छ ।

फोहरमैला संकलन केन्द्रलाई दश थान पिपिई, १०-१० थान सर्जिकल मास्क तथा युटिलिटि ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराइएको हो । यसअघि पनि कोषले विभिन्न संघसंस्था तथा सञ्चारमाध्यमलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहले समेत कोषमार्फत दुई करोड रुपैया सरकारको राहत कोषमा कोरोना नियन्त्रणका लागि उपलब्ध गराएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्