यी हुन् ट्रंपलाइ टक्कर दिने हुने वाला अमेरिकाका राष्ट्रपति, जसलाई अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले दिए दह्रो साथ् !

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार १८:२४


अमेरिकाको राष्ट्रपतिको आगामी कार्यकालका लागि डेमोक्याटिक पार्टीको तर्फबाट जो बाइडेनले उम्मेरबारी दिने सुनिश्चित भएको छ । यही बर्ष सन् २०२० को नोभेम्बरमा हुने निर्वाचनमा उहाँले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई टक्कर दिनुपर्नेछ ।

कोरोनाको महामारी, आर्थिक चुनौती र नागरिक अशान्ति लगायतका विषयलाई उहाँले मुख्य एजेण्डाको रुपमा अगाडी सार्नुहुने जनाइएको छ । पूर्व उपराष्ट्रपति समेत रहनु भएका बाइडेनले आफ्नो पार्टीबाट उम्मेदबारी दिने निर्णय शुक्रबार राती भएको हो ।निर्णय भएपछि उहाँले भन्नुभएको छ, “हाम्रो पार्टीमा धेरै विद्धान तथा क्षमतावान उम्मेदवारहरु अरु धेरै हुदा हुदै पनि मलाई अवसर दिनुभएकोमा म सवैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

उहाँले पार्टीको एकतासहित आफुहरु आउदो आम निर्वाचनमा जान लागेकोमा आफुलाई गौरब महसुस भएको पनि बताउनु भएको छ । आफ्नो पार्टीबाट सहजै उम्मेदबार बन्न पाउने अवस्था आउनु उहाँका लागि सफल पक्ष भएको राजनीतिज्ञहरुले बताएका छन् ।उहाँको पार्टीबाटै राष्ट्रपतिका लागि उम्मेदबार बन्न चाहेका कतिपय उम्मेदबारहरुले आफ्नो उम्मेदवारी अभियानलाई स्थगित गरेको घोषणा यसअघि नै गरिसकेका छन् ।

डेमोक्रयाटिक पार्टीबाटै उम्मेदबार बन्न खोजेका बेर्नी सन्डेर्सले गत अप्रिलमै चुनावी अभियानबाट आफू पछाडी हटेको घोषणा गर्नुभएको थियो । बाइडेनसँग अहिले एक हजार ९९५ जना डेलिगेडट्स रहेका छन् भने उहाँले चुनावी प्रचार प्रसारलाई अव झन सशक्त बनाउने बताउनु भएको छ ।

तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा उपराष्ट्रपति भएकाले उहाँलाई अमेरिकामा अहिले पनि निकै लोकप्रिय मानिनले ओबामाको ठूलो सहयोग हुने देखिएको छ । पछिल्लो समय बाइडेनलाई उम्मेदबार बनाउन पनि ओबामाले महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । उहाँले आगामी चुनावी अभियानलाई थप प्रभावकारी बनाउने र नेतृत्वदायी भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

बर्तमान राष्ट्रपति ट्रम्पले ओबामालाई लगातार अभिव्यक्ति मार्फत् आक्रमण गरिरहने गरेकाले पनि ट्रम्पलाई हराउन ओबामा सक्रिय हुने अनुमान गरिएको छ ।ओबामाको समर्थनका कारण बाइडेनलाई अस्वेत मतदाताहरुको थप सहयोग हुने विश्लेषण गरिएको छ ।

ओबामाको उपराष्ट्रपति हुनुभन्दा अगाडी बाइडेन झण्डै ३६ बर्ष सिनेटको सदस्यका रुपमा रहनु भएको थियो । उहाँ अहिले ७७ बर्षको हुनुभएको छ । उहाँलाई अमेरिकामा अनुभवी, परिवक्व र सन्तुलित नेताका रुपमा लिने गरिन्छ ।

अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियता

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ । आगामी नोभेम्बरमा हुन लागेको अमेरिकी राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा ओबामाको सक्रियतालाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओबामाले आगामी चुनावमा रिपब्लीकन पार्टीबाट पुनः उम्मेदवार हुन लाग्नु भएका राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गर्ने सहजै अनुमान गरिएको छ । गत बुधबार पूर्व राष्ट्रपति ओबामा मिनियापोलिसमा जर्ज फ्लोयडको मृत्युपछिको नागरिक अशान्तिबारे युवासँग भर्चुअल सभाहल बैठकमा सहभागी हुनुभयो । ओबामाले “मतदान विरुद्ध बिरोध प्रदर्शन, राजनीति र सहभागिता विरुद्ध नागरिक अवज्ञा र प्रत्यक्ष कार्य” जस्ता विषयमा “इन्टरनेट बहस” लाई अस्वीकार गर्नु भएको छ ।

“अहिले यो नभए त्यो भन्ने होइन । यो दुबै पक्ष हो र यथार्थ परिवर्तन ल्याउनको लागि हो,” उहाँले टाउन हलमा भन्नुभयो । “हामीले समस्यालाई प्रकाश पार्नु पर्दछ र शक्तिमा रहेकाहरुलाई सोध्न सक्नु पर्दछ, तर हामीले त्यसलाई पनि व्यावहारिक समाधान र कानुनमा रुपान्तरण गर्नु पर्दछ ।”

ओबामाले फ्लोयडको मृ त्युका कारण भइरहेको विरोधलाई नीति परिवर्तनमा रुपान्तरित गर्न आह्वान गर्नुभयो । उहाँले सुरक्षित प्रहरी सेवा तथा समुदाय र कानुन कार्यान्वयन गर्ने निकायहरुबीचको आपसी विश्वास बढाउनेतर्फ युवाले विशेष ध्यान दिनुपर्दछ भन्नुभयो । उहाँले “देशका सबै मेयरहरुलाई सुरक्षा परिचालनको बारेमा समीक्षा गर्न” आग्रह गर्दै “योजनाबद्ध सुधारहरुको कार्यान्वयन”लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

“हामी अहिले राजनीतिक बहसका बीचमा छौं,” ओबामाका लामो समयदेखिका मित्र एवं सल्लाहकार भ्यालेरी ज्यारेटले बताउनुभयो । “पूर्व राष्ट्रपति ओबामा पदमा नरहे पनि मुलुकभित्रको यस बहसमा संवाद गर्न इच्छुक हुनुहुन्छ ।” यस गोलमेच बैठकमा ओबामाले अहिलेको अराजकता र १९६० को दशकको आन्दोलनको बीचमा समानता रहेकामा जोड दिनुभयो । तर उहाँले सर्वेक्षणहरुले धेरै अमेरिकीले आजका प्रदर्शनलाई समर्थन गरेको देखाए पनि एउटा सानो संख्याका उत्तेजक एवं हिंसात्मक कृयाकलापले मूल मुद्दालाई ओझेलमा पार्ने खतरा रहेको बताउनुभयो ।
तैपनि, उहाँले यस मुद्दामा विरोधको स्वर केही क्षण दबे पनि समाजभित्र विरोधी भावना यथावत रहिरहने खतरा छ भन्नुभयो ।

ओबामाले आगामी राष्ट्रपतिको उम्मेदवारका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनलाई समर्थन गरिसक्नु भएको छ । नोभेम्बरको चुनाव अघि ओबामालाई चुनावी अभियानमा सहभागी गराउन बाइडेनको चुनाव प्रचार समितिले योजना बनाइरहेको थियो । गत महिना ऐतिहासिक रूपमा अश्वेत विद्यार्थीहरु पढ्ने कलेज र विश्वविद्यालयका स्नातकहरूलाई सम्बोधन गर्दै ओबामाले कोरोनाभाइरसको महामारीले ट्रम्प प्रशासनको परिस्थिति पूर्ण रूपमा उदाङ्गो भएको बताउनुभयो ।

तर फ्लोयडको मृ त्युप्रति देशको पहिलो काला राष्ट्रपतिबाट बढी नै कडा प्रतिक्रिया प्राप्त भएको छ । अश्वेत नागरिक फ्लोयडको गर्धनमा एक श्वेत प्रहरीले घुँडाले धेरै मिनेटसम्म थि चेपछि मृ त्यु भएको थियो । गत हप्ता एक लामो लिखित वक्तव्यमा ओबामाले लाखौं अमेरिकीहरूले कोरोना महामारीको कहरबाट जनजीवन सामान्य बनाउनै लाग्दा अमेरिकाकै एक अश्वेत नागरिकमाथि रङ्गको आधारमा भिन्न व्यवहार होला भन्ने अनुमानसम्म गर्न सक्ने अवस्थामा नरहेको बताउनुभएको थियो ।

“यो सन् २०२० को अमेरिकामा सामान्य घटना होइन । यो घटना सामान्य हुनै सक्दैन,” ओबामाले लेख्नुभएको छ । पूर्व राष्ट्रपति ओबामाको वयानपछि दिनभरि नै तनाबको अवस्था सिर्जना भइसकेको छ । ट्रम्पले देशका विभिन्न शहरमा प्रहरी कारबाहीको विरोधमा भइरहेका प्रदर्शन रोक्न सेना समेत परिचालन गर्ने धम्की दिनुभएको छ । देशभित्र जारी कतिपय प्रदर्शन हिं सात्मक बनेका छन् । बाइडेनको प्रचार संयन्त्रले पूर्व राष्ट्रपति ओबामाको सक्रियतालाई स्वागत गरेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्