जापानमा लकडाउन नै लागेन, कसरि जित्यो कोरोना ?

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २०:१९


कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट जोगिनकोलागी विश्वका धेरै देशहरुले लकडाउनमा जोड दिए। तर जापानले त्यसो गरेन । उसले अरु देशहरुले जस्तो आफ्नो देशमा लकडाउनलाई लागू गरेन ।

जापानमा आपतकालको घोषण गरिएको थियो । तर आमनागरिकहरुलाई घरबाट बाहिर निस्कन र काम गर्ने अनुमति दिइएको थियो । विश्वका अन्य देशहरुमा जस्तो जापान सरकारसंग लकडाउन गर्ने अधिकार छैन।

यद्यपि स्थानीय गभर्नरलाई कोरोबार ठप्प गर्न र सर्वसाधारणलाई घरमै रहन अपील गर्न सक्ने अधिकार भने रहेको छ। तर यसलाई अनुशरण नगरे कुनै सजाय वा दण्डको प्रावधान जापानमा छैन । कोरोना संक्रमणका कारण मानिसहरुको चहलपलमा भने केहि कमी आएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले संक्रमणबाट बच्न धेरै परीक्षणलाई जोड दिए पनि जापानले गम्भीर लक्षण देखिएका मानिसहरुलाई मात्रै परीक्षण गर्यो । जापानले कुल जनसंख्या मध्ये ०.२ प्रतिशतको मात्र परीक्षण गरेको थियो ।
जापानमा सबैभन्दा कम परीक्षणलाई लिएर प्रश्नहरु नाउब्जिएको भने होइन । जापानको प्रधानमन्त्री सिन्जो आवेको कन्ट्रयाक ट्रेसिङको रणनिति अधिकाशं क्षेत्रमा सफल भएको मानिएको छ । उनकै रणनीतिले नै आज जापान संक्रमण फैलनबाट रोक्न सफल भएको छ । जापान सरकारले आफ्नो रणनीति अनुरुप काम गर्यो र कोरोना युद्धमा विजय हासिल गरेको घोषणा गर्यो ।

प्रधानमन्त्री सिन्जो आवेले जापानमा डेढ महिना लामो आपतकाल अन्त्य भएको घोषणा गरेका छन् । आपतकाल घोषणा गर्दै उनले भने, ‘जापानको आफ्नै विशेष विधि अपनाएर यो संक्रमणको छाललाई लगभग पूर्ण रूपमा परास्त गरेका छौं। ’ आवेले यो विश्व महामारीसंग जुध्न जापानी मोडलले धेरै प्रभावकारी प्रमाणित भएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार जापान श्रेणीमा जापान स्वास्थ्य क्षेत्रमा दोस्रो स्थानमा छ । त्यहाँको २६ प्रतिशतभन्दा धेरै जनसंख्यामा ६५ भन्दा माथिका रहेका छन् । अर्थात यो उमेर समूहकाहरुलाई कोभिड–१९ को उच्च जोखिम रहन्छ । जोन्स हप्किन्स विश्वविद्यालयका तथ्यंक अनुसार जम्मा कोरोना संक्रमण १६ हजार ७ १६ देखियो भने ८८८ जनाको मृत्यु भएको थियो ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्