भोलि देखि लकडाउन खुकुलो पार्न सरकारलाई सुझाब

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार २२:१३


सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले जेठ २५ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । समितिले जिल्ला भित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ ।

समितिले जेठ २५ गतेदेखि लकडाउनलाई धेरै खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो । सरकारले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा अब असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहनेछ ।

सच्चाइएको बारे : यो भन्दा अगाडी “असार १७ पछि शैक्षिक संस्था खोल्न र भोलि देखि लकडाउन खुकुलो पार्न सरकारलाई सुझाब” भन्ने गलत शिर्षक परेकोमा उक्त शिर्षकलाई तत्काल सच्चाइएको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्